नेम्वाङले भने अब जनतासँग गरिएको वाचा पुरा गर्छु



हाम्रो इकोनोमि

नेकपा (एमाल)का नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताउनुभएको छ ।

मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।”

“तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्वाचन जितेका हौँ, तपाईंहरूले विकास चाहनुभएको छ, हामी त्यो पूरा गरेरै छाड्छौँ”, नेता नेम्वाङले भन्नुभयो ।

उहाँले इलामको २ नं क्षेत्र कर्णाली जस्तै अविकसित छ, यहाँ विकास निर्माण गरेर सुन्दर बनाउने जिम्मा पाएका छौँ, विकास र समृद्धि यस क्षेत्रको आवश्यकता हो भन्दै राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

इलाम क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमण)ले जनताले चाहेको आर्थिक र समृद्धिको शुरुवात गरिने बताउँदै विकास पूर्वाधारलाई पहिलो प्राथमिकता राखिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...