कांग्रेस महामन्त्री भन्छन-‘भारतका नेताले तपाईंहरुको अवस्था हाम्रो देशको कांग्रेस आईको जस्तो नहोस् भनेका छन्’



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका महामन्त्री प्रा. डा. शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन्। उनले कांग्रेस हार्दा मित्रराष्ट्रहरु समेत चिन्तित भएको बताउँदै पार्टीसँग सच्चिने अन्तिम मौका बाँकी रहेको पनि बताए।

गैँडाकोटस्थित आफ्नै निवासमा बुधबार बिहान रासससँग विशेष कुराकानी गर्दै कोइरालाले वर्तमान अवस्थामा पार्टीमा खण्डित होइन एकीकृत हुनुपर्ने सुझाए।

उनले केन्द्रमा बृहत् छलफल गरेर आगामी रणनीति तयार गर्नुपर्ने बताए।

‘पहिला छलफल गरौँ, त्रुटि हेरौँ त्यसपछि मात्रै नेतृत्व परिवर्तनको कुरा आउँछ,’ उनले भने।

पार्टीभित्र सभापति शेरबहादुर देउवाको राजीनामा मागबारे उनले भने, ‘अहिलेको समयमा परामर्श गरौँ, काँग्रेस शुद्धीकरण गरौँ अनि निर्णय गरौँ।’

अहिले कांग्रेस हार्दा विश्वका विभिन्न देशले पनि चासो राखेको भन्दै उनले ७० वर्षको इतिहास बोकेको कांग्रेस हार्दा मित्रराष्ट्रहरु पनि चिन्तित बनेको बताए।

‘भारतका नेताले अब तपाईंहरुको अवस्था हाम्रो देशको कांग्रेस आई को जस्तो नहोस् भन्दै हामीलाई समीक्षा गरेर अघि बढ्न सुझाव दिएका छन्,’ उनले भने।

भारत र चीन दुवै देशसँगको सम्बन्ध बिपी कोइरालाले स्थापित गरेको भन्दै उनले आगामी दिनमा कांग्रेसले दुवै देशसँगको सम्बन्ध अरू सुमधुर बनाउने बताए।

कांग्रेसको पहिलेदेखि नै समाजवादी चिन्तन भएको भन्दै उनले समाजवादी चिन्तनबाट हिँड्दा मात्रै देशको भविष्य बन्ने बताए। नेपाली कांग्रेस रहेसम्म लोकतन्त्र र समाजवाद जीवित रहने महामन्त्री कोइरालाको दाबी थियो।

निर्वाचनमा पराजय भएकामा महामन्त्रीको हैसियतले आफू पनि जिम्मेवार भएको उनले बताए। अब कांग्रेसले के गर्छ भन्ने अर्को एक जिज्ञासामा उनले भने, ‘केन्द्रीय समितिमा छलफल हुन्छ। संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ। परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो। क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिन्छ त्यसमा ध्यान दिनुपर्छ।’

महामन्त्री कोइरालाले आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेको बताए। हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको उनको तर्क थियो।

‘हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नु परेको छ,’ हारका कारण हतास हुन नपर्ने भन्दै उनले भने, ‘हतास हुनु हुँदैन, संगठित भएर नेता कार्यकर्ता लागे कांग्रेसको भविष्य उज्ज्वल छ।कांग्रेस समाप्त भएको छैन। गुटको अन्त्य गरेर सच्चिने कांग्रेसका लागि यो अन्तिम मौका हो।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...