अब एक क्षेत्रको मात्रै मत गणना बाँकी, हेर्नुहोस् कसको कति सिट ?



हाम्रो इकोनोमि

पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६४ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो जानकारी अनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै प्रतिनिधि निर्वाचित भएका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २२, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।

यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएका छन् ।

पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि २०७४ मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा निर्वाचन भएको थियो ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ५३ लाख ३९ हजार ८२३ मतगणना सम्पन्न भएको छ । जसअनुसार, नेकपा एमालेले १८ लाख ७२ हजार २९९ मत, नेपाली काँग्रेसले १७ लाख ८४ हजार ५४७, नेकपा (माओवादी केन्द्र) ले ७ लाख २८ हजार ७८१, संघीय समाजवादी फोरम, नेपालले २ लाख ३० हजार ७५६, राष्ट्रिय जनता पार्टी, नेपालले १ लाख ७२ हजार ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २६ हजार ३२, विवेकशील साझा पार्टीले १ लाख १६ हजार २९०, नयाँ शक्ति पार्टी, नेपालले ५४ हजार ४०१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ४१ हजार ६५९ र राष्ट्रिय जनमोर्चाले ३४ हजार ४३६ र अन्य दलले १ लाख ७८ हजार २४५ मत प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...