साढे १७ अंकले झर्यो बजार, ६६ करोड ९२ लाखको सेयर कारोवार



हाम्रो इकोनोमि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १७.५४ अंकले घटेर १५१०.२१ अंकमा ओर्लिएको छ।

कारोबारको सुरुवाति आधा घण्टामा शेयर बजारमा २ अंकले बढेको थियो। त्यसपछि लगातार घटेको शेयर दुई बजे सम्हालिन खोजे पनि कारोबारको अन्तिम आधा घण्टामा घटेर बन्द भएको हो।

दिनभरमा १५७ कम्पनीका ११ लाख ८० हजार कित्ता शेयर किनबेच भएका छन्। ६६ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। अघिल्लो दिनको कारोबारको तुलनामा २० करोड रुपैयाँ बढि हो। सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको पाँच करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीहरुका १० उपसूचकमा नौ उपसूचक घटेका छन्। सबैभन्दा बढी काबेली विकास बैंकका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन्। राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...