पर्वतमा समानुपातिकमा एमाले अगाडि



हाम्रो इकोनोमि

समानुपातिकतर्फको मतगणनामा नेकपा ९एमाले०ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र)ले छ हजार ४४९, विवेकशील साझा पार्टीले एक हजार ५७१, राप्रपाले ५२५, राप्रपा ९प्रजातान्त्रिक०ले १५३ र संघीय समाजवादी फोरम नेपालले ४० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा(माले)ले १७६, राष्ट्रिय जनमोर्चाले ४७५, राष्ट्रिय जनमुक्ति पार्टीले ३८६, नेपाली जनता दलले ११२ र नयाँ शक्ति पार्टी नेपालले २२७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभातर्फको मतगणनामा पनि एमाले नै अगाडि देखिएको छ । एमालेले २८ हजार २७४, काँग्रेसले २३ हजार ९७६ र माओवादी केन्द्रले ८३८ मत प्राप्त गरेका छन् ।

विवेकशील साझाले ९७९ र राप्रपाले ७२३ मत प्राप्त गरेका छन् । अन्य राजनीतिक दलले भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । समानुपातिकमा पाँच सयभन्दा बढी मत ल्याउनेमा अन्य पाँच दल छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...