पर्वतमा समानुपातिकमा एमाले अगाडि



हाम्रो इकोनोमि

समानुपातिकतर्फको मतगणनामा नेकपा ९एमाले०ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र)ले छ हजार ४४९, विवेकशील साझा पार्टीले एक हजार ५७१, राप्रपाले ५२५, राप्रपा ९प्रजातान्त्रिक०ले १५३ र संघीय समाजवादी फोरम नेपालले ४० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा(माले)ले १७६, राष्ट्रिय जनमोर्चाले ४७५, राष्ट्रिय जनमुक्ति पार्टीले ३८६, नेपाली जनता दलले ११२ र नयाँ शक्ति पार्टी नेपालले २२७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभातर्फको मतगणनामा पनि एमाले नै अगाडि देखिएको छ । एमालेले २८ हजार २७४, काँग्रेसले २३ हजार ९७६ र माओवादी केन्द्रले ८३८ मत प्राप्त गरेका छन् ।

विवेकशील साझाले ९७९ र राप्रपाले ७२३ मत प्राप्त गरेका छन् । अन्य राजनीतिक दलले भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । समानुपातिकमा पाँच सयभन्दा बढी मत ल्याउनेमा अन्य पाँच दल छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...