बैतडीमा समानुपातिकमा एमाले पहिलो



हाम्रो इकोनोमि

बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा (एमाले)ले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएकोे छ ।

यसैगरी नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा (माओेवादी केन्द्र)ले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नं १ मा पनि एमालेले सबैभन्दा बढी नौ हजार ८७३ मत प्राप्त गरेको छ । काँग्रेसले नौ हजार ६६९, माओवादी केन्द्रले छ हजार ८१४, राप्रपाले एक हजार ९७८ र विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिनुभयो ।

प्रदेशसभा क्षेत्र नं १ मा समानुपातिकतर्फ ३७ हजार ९७९ मत खसेकामा नौ हजार ९४ मत बदर भएको छ । यसैगरी प्रदेशसभा क्षेत्र नं २ मा एमालेले सबैभन्दा बढी ११ हजार १९१ मत प्राप्त गरेको छ । काँग्रेसले आठ हजार ५९३, माओवादी केन्द्रले चार हजार ५६१ र राप्रपाले तीन हजार १७१ र विवेकशील साझाले ६८ मत प्राप्त गरेको छ । प्रदेशसभा क्षेत्र नं २ मा समानुपातिकतर्फ खसेको कूल ३६ हजार ७९६ मतमध्ये आठ हजार ८४२ मत बदर भएका छन् ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीका प्रत्यक्षतर्फका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको थियो । बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन भएको थियो ।
वाचा पूरा गर्छौँः सांसद

नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा जनतासमक्ष गरेका वाचा पूरा गर्ने दोह¥याएका छन् । प्रेस चौतारी नेपालले बैतडीको पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित सांसद दामोदर भण्डारीले वाम गठबन्धनको सरकारले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेतीको काम अघि बढाउने बताउनुभयो ।

बैतडीमा निर्माणाधीन जिल्ला अस्पतालको ५० श्ययाको अस्पतालको निर्माणलाई गति दिइने, सबै गाउँपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि पहल गरिने र सडक पहुँच विस्तार गरिने बताउँदै उहाँले भन्नुभयो, “समग्र बैतडी तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गनेर्छौेंँ । ”

पत्रकार सम्मेलनमा प्रदेशसभा क्षेत्र नं (क) का सदस्य प्रेमप्रकाश भट्टले क्षेत्र नं १ मा रहेका खानीको खोजी गरी सञ्चालनका लागि पहल गरिने बताउनुभयो । यस्तै प्रदेशसभा क्षेत्र नं (ख) का सदस्य लीलाधर भट्टले संघीयताको कार्यान्वयनको सिलसिलामा नीतिगत समस्या भएका ठाउँमा सुधार गरेर अघि बढिने छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...