प्रहरीले ‘ठुला गुन्डा नाइके’को सूचीमा राखेका दीपक मनाङ्गे शुक्रबारदेखि माननीय बने,यस्तो छ उनको बिगतको नालीबेली



बिहीबारसम्म प्रहरीको ‘ठुला गुन्डा नाइके’को सूचीमा रहेका दीपक मनाङ्गे उर्फ राजिव गुरुङ शुक्रबारदेखि माननीयको सूचीमा दर्ज भएका छन्।

मनाङ ख बाट प्रदेशसभाका उम्मेदवार बनेका मनाङ्गेले १ हजार ४ सय १० मत पाएका छन्। उनका प्रतिद्वन्द्वीले १ हजार २० मत पाएका छन्।

राजधानीमा तीन पुराना ‘डन’मध्ये एक हुन मनाङ्गे। विगतमा संरक्षणका लागि मात्र राजनीतिक पार्टीमा आवद्ध हुने गरेका उनी यसपटक नेकपा(एमाले) प्रवेश गरेको दुई महिनामा नै माननीय बन्न सफल भएका हुन्।

८ महिना अघिसम्म पनि प्रहरीले उनलाई सक्रिय गुण्डाकै सूचीमा राखेको थियो। गत बैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चुनावमा शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने आशंकामा काठमाडौं प्रहरीले पक्राउ गरी उनलाई सार्वजनिक अपराधको मुद्दामा थुनेको थियो। तर, ८ महिनाअघि हत्कडी लगाएका प्रहरीले अहिले उनलाई ‘स्यालुट’ गर्नुपर्ने भएको छ। मनाङबाट उनी प्रदेशसभाको सांसदमा निर्वाचित भएका छन्।

यसरी उदाए मनाङे

पैसा कमाउने उद्देश्यले काठमाडौंमा २०५०/५१ सालबाट समूह बनाएर गुन्डागर्दी गर्ने चलन चलेको हो। राजधानीमा सबैभन्दा चर्चामा आएका पुराना डन मध्येमा दीपक मनाङे (राजिव गुरुङ र चक्रे मिलन (मिलन चक्रे) नै हुन् ।

मनाङ्गेले आफ्नो क्षेत्र बनाएर डनगिरी गर्ने ठाउँ हो, ठमेल। जहाँ उनी डान्स बार र रेष्टुरेन्ट सञ्चालनदेखि हप्ता असुलीसम्मको धन्दा गर्थे। उनलाई पैसा नबुझाइ कसैले त्यहाँ होटल र रेष्टुरेन्ट व्यवसाय गर्न नसक्ने अवस्था थियो। ठमेलका सबै रेष्टुरेन्टका वियरका बोतलको ठेक्का समेत उनकै हुन्थे। जडिबुटीदेखि क्रसरसम्म उनले लगानी बढाउदै लगे।

उनी पटक पटक प्रहरी हिरासतमा मात्र होइन जेल नै परिसकेका व्यक्ति हुन्। ठमेलको रेष्टुरेन्टमा तोडफोड गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेकोमा जेल चलान भएका थिए। आफू दीपक मनाङ्गे नभइ राजिव गुरुङ भएको तर्क गर्दै छुटेका थिए।

कमाइ बढेसँगै उनको सेटिङ नेतादेखि प्रहरीसम्म थियो। त्यसैले उनले ठमेल–दरबारमार्ग क्षेत्रमा राज गरे। सुरुमा उनी राप्रपा निकट थिए । केही समय कांग्रेसमा पनि आवद्ध भए। तर, दुवै पार्टीबाट सोचेअनुसार पद र संरक्षण नपाएपछि २०६८ सालमा उनी नेता बन्न लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए। सो पार्टीको उनी उपाध्यक्ष थिए।

बैठकमा चौधरीलाई नै मुक्का हानेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। गत वर्ष अपहरणको मुद्दामा उनी फेरि पक्राउ परेपछि उक्त मुद्दामा उनले सफाइ पाए। फेरी उनी राप्रपामा आवद्ध भए। राप्रपाका मनाङ अध्यक्ष भए।

तर राप्रपाबाट आफ्नो स्वार्थ पूरा हुने नदेखेपछि एमाले प्रवेश गरे। उनी दुई महिनाअघि एमाले प्रवेश गरेका हुन्।

सांसद बन्ने महत्वाकांक्षाले नै उनी एमाले प्रवेश गरेका थिए। तर, पार्टीले टिकट नदिएपछि मनाङमा स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई एमालेले नै कुनै उम्मेदवारी नदिएर सघाएको थियो।

एमालेकै सहयोगमा उनी प्रदेशसभा सांसदमा निर्वाचित भएका छन्। प्रहरी अधिकारी भने उनको बिजयले राजनीतिमा गुन्डागर्दी संस्थागत बनेको भन्दै चिन्तित छन्।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको