विवाह गर्न दर्जनौँ जोडी प्रसिद्ध मन्दिर उग्रतारामा



हाम्रो इकोनोमि

हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक दर्जनौँ जोडी भेटिने गर्दछन् ।

पहिलापहिला छिटफुट रुपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भएता पनि पछिल्लो समयमा भने विवाह गर्ने मानिसको संख्या बढेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साकीले बताउनुभयो ।

उग्रतारा मन्दिर सबै क्षेत्रका मानिसका लागि पायक ठाउँमा भएकाले पनि विवाह गर्न दुलाहादुलहीका परिवारको मन्जुरीमा हुने गरेको डडेल्धुराका सञ्चारकर्मी टेकराज अवस्थीले जानकारी गराउनुभयो । विवाहको समयमा विभिन्न कारणले गर्दा घरमा भन्दा प्रायजसो मन्दिरमा विवाह गर्नेको संख्या धेरै पाइन्छ ।

दुई दिने विवाहको प्रचलन हराउँदै गएको अवस्थामा मन्दिरमा विवाह गर्ने मानिस बढेको सर्वसाधारणको बुझाइ रहेको छ । हिन्दू परम्पराका आधारमा एक दिवसीय विवाह गर्दा धेरै विवाहका कर्मकाण्ड पूरा नहुने पुरोहितको भनाइ रहेको छ । एक दिवसीय विवाह गर्दा विवाहका कर्मकाण्ड पुरा नभए पनि मन्दिरमा गर्दा सोसरह मानिने पण्डित लोकराज भट्टले बताउनुभयो ।

छोटो समयमा विवाह गर्नुपर्दा महत्वपूर्ण कर्मकाण्ड छुट्ने र ग्रहदशाका आधारमा समस्या आउन सक्ने बूढापाका बताउँछन् । एक दिवसीय विवाह कामचलाउ मात्र भएको र सिन्दूर हाल्ने औपचारिकता मात्रै दिने कार्य भइरहेको पण्डित प्रसाद भट्टले जानकारी गराउनुभयो । विवाह सम्पन्न हुञ्जेलसम्म पूरा गर्नुपर्ने मात्र समेत पूरा नहुने विवाह गराउने पण्डितको भनाइ रहेको छ ।

धर्मका अनुसार रातभर गराएको विवाह नै पवित्र मानिने भएपनि पछिल्लो समयसापेक्षता अनुसार एक दिवसीय विवाहको महत्व बढ्दै गएको युवापुस्ताको भनाइ रहेको छ ।

समयका आधारमा पनि दुई दिनको विवाह समयलाई एकदिनमा सम्पन्न गर्दा कम खर्चिलो र समय वचत हुने उग्रतारा मन्दिरमा विवाह गरिरहेका कैलाश पनेरुले बताउनुभयो । इष्टमित्र र नातेदारको समय पनि खेर नजाने र सबै कुराले एक दिवसीय विवाह नै उपयुक्त हुने गरेको पनेरुले बताउनुभयो ।

विवाहपश्चात् सुखद् जीवन बित्नु पर्छ भनेर मन्दिरमा भगवान्लाई साक्षी राखेर विवाह गर्दा कर्मकाण्ड उसै पनि पूरा हुने युवापुस्ताको भनाइ रहेको छ । चिसो मौसमका कारण पनि दुई दिवसीय विवाहभन्दा एक दिनमा नै विवाह सक्दा जन्तीमा जाने मानिसले पनि कष्ट भोग्नु नपर्ने हुन्छ ।

मंसिर महिना लागेदेखि नै उग्रतारा मन्दिरमा विवाह गर्न दैनिक दर्जन जोडी आउने गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । मन्दिर परिसरमा मण्डप निर्माण गरिएका भएता पनि कयाँै दिन मण्डपमा ठाउँ नभएर मन्दिर परिसरभित्र खुला ठाउँमा पनि विवाह गर्दै गरेका जोडी भेटिन्छन् ।

उग्रतारा मन्दिरमा विवाह गर्न मंसिरजस्तै अन्य महिनामा पनि घुइँचो लाग्ने गर्दछ । मन्दिरमा विवाह गर्दा समय र पैसाका हिसाबले पनि कम खर्चिलो हुने गर्दछ भने उग्रतारा क्षेत्र विकासको कोष पनि वृद्धि हुने गर्दछ । यसरी पछिल्लो समयमा विवाहका लागि उग्रतारा मन्दिर प्रशिद्ध विवाहस्थल बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
इजरायलमा २ हजार ३ सय जना नेपाली कामदार माग

  वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३...

निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द

     सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य...

प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...