समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे? यस्तो छ पछिल्लो अपडेट



हाम्रो इकोनोमि

प्रत्यक्षतर्फको मत गणना अन्तिमतर्फ पुग्दा समानुपातिकतर्फको मत गणना तीव्र रुपमा अगाडि बढिरहेको छ। अहिलेसम्म गनेको मतमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा अग्रता कायम गरिरहेको छ भने कांग्रेसले उसलाई झिनो मतको अन्तरले पछ्याइरहेको छ।
अहिले केही बेर अघी सम्मको मतपरिणामअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। त्यस्तै संघीय समाजवादी फोरम चौथो, विवेकशील पाँचौ र राप्रपा छौटौँ स्थानमा रहेका छन्।

पछिल्लो मतपरिणामअनुसार एमाले ११ लाख ६६ हजार ९०३ मत प्राप्त गर्दै पहिलो पार्टी बनेको छ भने कांग्रेस १० लाख ८४ हजार ८४६ मतका साथ एमालेलाई पछ्याइरहेको छ। त्यस्तै माओवादी केन्द्र ४ लाख ६९ हजार २३९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ। प्रत्यक्षमा कांग्रेसभन्दा अगाडि रहेको माओवादी केन्द्र समानुपतिकमा भने धेरै पछाडि रहेको छ।

समानुपातिकतर्फ संघीय फोरमले ८४ हजार ९८३, विवेकशील साझाले ६९ हजार ५४९, राप्रपा ६१ हजार ४४०, राजपाले ५५ हजार ६७७, नयाँ शक्तिले ३३ हजार ६९८, राष्ट्रिय जनमोर्चाले २६ हजार १२६, राप्रपा प्रजातान्त्रिक २३ हजार २३३ र अन्यले ८२ हजार ३३८ मत प्राप्त गरेका छन्। प्रत्यक्षमा एक सिट पनि नजितेका विवेकशील साझा र राप्रपाले नयाँ शक्ति, राजमो, राजपालाई पछाडि पारेका छन्।

समानुपातिकबाट प्रतिनिधिसभामा ११० सांसद् निर्वाचित हुने व्यवस्था रहेको छ भने प्रत्यक्षमा निर्वाचित भएर तीन प्रतिशत मत प्राप्त गरेको दलले मात्र समानुपातिक सांसद पठाउन पाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...