५ स्थानको मात्रै परिणाम आउन बाँकी को-कहाँ अगाडि ?



हाम्रो इकोनोमि

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

घोषित क्षेत्रको मतपरिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७७ स्थानमा जित हासिल गरेको छ ।त्यसैगरी, वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३७ स्थानमा जित दर्ता गरेको छ । नेपाली कांग्रेसले २१ स्थानमा जित हासिल गर्दा राष्ट्रिय जनता पार्टी राजपा नेपालले १० र संघीय समाजवादी फोरम नेपालले ९ स्थानमा जितेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक–एक स्थानमा विजयी हुँदा एकजना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अब परिणाम आउन ६ स्थानको मात्र बांकी रहेका छन् । जसमा स्याङ्जा –१ र २, कैलाली १, सुनसरी ३, र सर्लाही ४ रहेका छन् । जसमध्ये ४ स्थानमा वाम गठबन्धनको अग्रता रहेको छ भने १ स्थानमा राजपा पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...