लगातार तीनपटक विजयी मन्त्री प्रभुु साहलाई ५१ किलोकोे माला



हाम्रो इकोनोमि

निर्वाचन क्षेत्र नं ३ बाट लगातार तेस्रोपटक जित हात पार्न सफल नेकपा (माओवादी केन्द्र)का मन्त्री प्रभुु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी हुुनुुभएका उहाँलाई कटहरियाका बसिन्दाले ५१ किलो बराबरको माला लगाएर स्वागत गरेका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार सुुनिलकुुमार यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजारको फराकिलो मतअन्तरले पराजित गरी मन्त्री साह विजयी हुनुभएपछि स्थानीय वाम गठबन्धनका युुवा संगठनले उहाँको स्वागतमा सांंस्कृतिक कार्यक्रम समेत गरेका थिए ।

नवनिर्वाचित सांसद एवं बिनाविभागीय मन्त्री साहले यो ऐतिहासिक जित पूरै क्षेत्र, जिल्ला र समग्र देशकै जित भएको बताउनुुभयो । राजनीतिक स्थिरता, स्थायी सरकार र विकासको निमित्त वाम गठबन्धनलाई मत दिएका सबै मतदाताप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुुभएको थियो ।
सो अवसरमा प्रदेशसभास सदस्यका लागि ‘क’ बाट निर्वाचित वाम गठबन्धनकै नागेन्द्र यादव, ‘ख’ बाट निर्वाचित कुुन्दन कुुशवाहालाई समेत स्वागत गरिएको थियो ।

मन्त्री साहले दुुईपटक संसदीय समितिका सभापति, कानून मन्त्री, भूमिसुुधार मन्त्री, शहरी विकास मन्त्रीको नेतृत्व समेत सम्भालिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...