अमरेशको क्षेत्रमा मतगणना सुरु, गच्छदारको क्षेत्रमा अझै किन हुन सकेन ?



हाम्रो इकोनोमि

आइतबार रातिदेखि स्थगित भएको सर्लाही ४मा मंगलबार बिहानदेखि फेरि मतगणना सुरु भएको छ।

यो क्षेत्रमा कांग्रेस नेता अमरेशकुमार सिंह र राजपाका राकेशकुमार मिश्र प्रतिनिधि सभा उम्मेदवार बनेका छन्।

पछिल्लो मतपरिणाममा मिश्रसिंह भन्दा ४ सय मतले अगाडि छन्। अझै आधा बढी मत गन्न बाँकी छ।

यसैबीच उपप्रधानमन्त्री विजयकुमार गच्छदार उम्मेदवार रहेको सुनसरी ३ मा भने हिजोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन।

मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगीत भएको हो।

२० हजार मत गन्न बाँकी रहँदा त्यहाँ एमाले उम्मेदवार भगवती चौधरी १५५ मतले अगाडि छन्।

प्रतिनिधि सभामा अब छ स्थानको मतपरिणाम आउन बाँकी छ। अन्य चार स्थानमा मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...