अमरेशको क्षेत्रमा मतगणना सुरु, गच्छदारको क्षेत्रमा अझै किन हुन सकेन ?



हाम्रो इकोनोमि

आइतबार रातिदेखि स्थगित भएको सर्लाही ४मा मंगलबार बिहानदेखि फेरि मतगणना सुरु भएको छ।

यो क्षेत्रमा कांग्रेस नेता अमरेशकुमार सिंह र राजपाका राकेशकुमार मिश्र प्रतिनिधि सभा उम्मेदवार बनेका छन्।

पछिल्लो मतपरिणाममा मिश्रसिंह भन्दा ४ सय मतले अगाडि छन्। अझै आधा बढी मत गन्न बाँकी छ।

यसैबीच उपप्रधानमन्त्री विजयकुमार गच्छदार उम्मेदवार रहेको सुनसरी ३ मा भने हिजोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन।

मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगीत भएको हो।

२० हजार मत गन्न बाँकी रहँदा त्यहाँ एमाले उम्मेदवार भगवती चौधरी १५५ मतले अगाडि छन्।

प्रतिनिधि सभामा अब छ स्थानको मतपरिणाम आउन बाँकी छ। अन्य चार स्थानमा मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...