भोलिदेखि लागू हुने गरी बढ्यो हवाई भाडा, हेर्नुहोस् कहाँ को भाडा कति ?



हाम्रो इकोनोमि

वायुसेवा सञ्चालकहरूले मंगलबारदेखि लागू हुने गरी हवाई भाडा बढाएका छन् । निजी वायुसेवा सञ्चालकहरूको संस्था वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेसँगै इन्धन सहचार्ज बढाएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

काठमाडौंदेखि धनगढीसम्मको भाडामा २ सय २० रुपैयाँ बढेको संघले जनाएको छ । यसअघि काठमाडौंदेखि धनगढीसम्मको भाडा १२ हजार १ सय रुपैयाँ थियो । तर, अब नयाँ भाडादरअनुसार काठमाडौंदेखि धनगढीसम्म जानका लागि १२ हजार ३ सय २० रुपैयाँ पर्नेछ । नयाँ भाडादर मंसिर २६ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको संघका सदस्य तथा सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जानकारी दिएका छन् ।वृद्धि भएको भाडादर हेर्दा धनगढी जानेले सबैभन्दा धेरै तिर्नुपर्ने भएको छ ।

आयल निगमले गत शुक्रबार हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँबाट बढाएर ८७ कायम गरेको थियो । काठमाडौंदेखि सिमरासम्मको हवाई भाडामा ४५ रुपैयाँ बढेको छ । यसअघि ३ हजार ५ रुपैयाँ रहेको सिमरासम्मको भाडा बढेर ३ हजार ५० कायम भएको छ ।

कहाँको भाडा कति ?

गन्तव्य-बढेको भाडा (रुपैयाँ)- जम्मा भाडा

माउन्टेन फ्लाइट- १७०- ११,०२०
पोखरा- ८०- ४,७३०
भैरहवा- १०५- ६,०५५
भरतपुर- ५५- ३,५०५
विराटनगर- १२०- ७,२२०
नेपालगन्ज- १६५- ९,५६५
भद्रपुर- १५०- ८,७५०
धनगढी- २२०- १२,३२०
जनकपुर-६०-४०१०
सिमरा-४५-३,०५०
तुम्लिङटार-९५-५,७२०

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...