काठमाडौँ ६ को दुबै प्रदेशसभामा एमालेका स्थापित र संग्रौला विजयी



हाम्रो इकोनोमि

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ को दुबै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
सो क्षेत्रको प्रदेश ‘क’ बाट क्रमशः केशव स्थापित र प्रदेश ‘ख’ बाट योगेन्द्रराज संग्रौला विजयी हुनुभएको छ ।

उहाँहरु दुबै नेकपा (एमाले) का उम्मेदवार हुनुहुन्छ । स्थापितले आठ हजार २२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार न्हुच्छेबहादुर डंगोलले पाँच हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

संग्रौलाले १२ हजार ८१२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुभक्त तिमल्सिनाले सात हजार ९१४ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका सहायक अधिकृत मेघनाथ उप्रतीले जानकारी दिनुभयो ।

यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका भीमसेनदास प्रधान निर्वाचित भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...