पर्यटन व्यवसायीलाई फोटोग्राफी तालीम



हाम्रो इकोनोमि

नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालीम दिएको छ ।

गत शुक्रबारदेखि सञ्चालित तालीममा पोखरा र आसपासका क्षेत्रमा घरबास कार्यक्रम सञ्चालन गर्ने व्यवसायी, होटल व्यवसायी तथा पदयात्रा पर्यटन सञ्चालन गर्दै आएका गरी ३५ जनाको सहभागिता रहेको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिनुभयो ।

प्रत्येक पर्यटक आफैँमा पर्यटनको सम्वाहक भएको बताउँदै उहाँले पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका लागि फोटोग्राफी एवं भिडियोग्राफी तालीम आवश्यक रहेको महसुस गरी तालीम प्रदान गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...