देउवाकी एक्ली श्रीमतीलाई हराउने नारदमुनिले दुइ श्रीमतीलाई साक्षी राख्दै यसो भने,श्रीमानलाई कसले पहिले अबिर र माला लगाउने भन्नेमा होडबाजी



हाम्रो इकोनोमि

५ यसपालि सबैको चासोको क्षेत्र बन्यो। कारण, यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लड्दै थिइन्। ‘टुरिस्ट उम्मेदवार’को ट्याग लागेपछि उनले कैलालीमा घर नै खरिद गरिन्, जसका लागि ५० लाख रुपैयाँ बैनाबापत दिइसकेको उनले बताइसकेकी छिन्।

चुनाव जित्न ठूलो लगानी गरे पनि अन्नत: उनी पराजित हुन पुगिन्, एमाले उम्मेदवार नारदमुनि रानासँग।

जब मतगणनाको अन्तिम नतिजा आएपछि राना विजय घोषित भए, उनका दुवै श्रीमती बधाई दिन निर्वाचन अधिकृतको कार्यालय हान्निए। उनीहरुमध्ये कसले पहिले अबिर र माला लगाउने भन्नेमा होडबाजी नै चल्यो। यद्यपि जेठी श्रीमतीले पहिले माला लगाइदिएकी थिइन्।

विजयपछि रानाले दुवै श्रीमतीलाई साक्षी राखेर चुनावको बेला गरेका वाचा पूरा गर्ने बताएका छन्। संविधान कार्यान्वयन र मुलुकको विकासमा प्रतिबद्ध भएर लाग्ने उनले बताए।

वाम गठबन्धनबाट उम्मेदवार बनेका रानाले २७ हजार २ सय २ मत प्राप्त गरे भने राणाले २२ हजार ३ सय २२ मत ल्याइन्। राणा ४ हजार ८ सय ८० मत अन्तरले पराजित भएकी हुन्। कैलाली क्षेत्र नं ५ मा ६१ हजार मत खसेको थियो। स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा रहेको प्रदेशको एक मात्र उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो।

धनगढी उपमहानागरपालिका ८ का स्थानीयवासी रहेका राना २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट समानुपातिकतर्फका समासद समेत रहेका थिए। दलाललाई रातो पासपोर्ट बेचेको आरोप लागेका उनलाई पछि अदालतले सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...