सप्तरी ४ ‘क’मा एमाले विजयी



हाम्रो इकोनोमि

प्रदेश सभातर्फ सप्तरी क्षेत्र नं ४ ९‘क’मा वाम गठबन्धनका गोविन्दबहादुर न्यौपानेले १५ हजार ११३ मत ल्याएर विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन कार्यालयले आज सार्वजनिक गरेको मतपरिणमअनुसार उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीताराम साहले ११ हजार ३९५ मत प्राप्त गर्नुभयो । प्रदेश सभामा विजयी हुनुभएका न्यौपाने नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष हुनुहुन्छ ।

सप्तरी १ मा पूर्व सांसदलाई पराजित गर्दै डा यादव विजयी

प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं १ मा संघीय समाजवादी फोरम नेपालका डा सूर्यनारायण यादव विजयी हुनुभएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार उहाँले २१ हजार ७१२ मत प्राप्त गरी विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्व सांसद रहनुभएका बाम गठबन्धनका अशोक मण्डलले १८ हजार २२५ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...