सर्बाधिक मत ल्याएर बिजयी भए पनि ओलीले आफ्नै पार्टीका नेताको रेकर्ड ब्रेक गर्न सकेनन्,यो हो ओलीले तोड्न नसकेको रेकर्ड



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५७ हजार १३९ मत ल्याएर विजयी भएका छन्।
योसँगै ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको रेकर्ड बनाएका छन्।

झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बर मत अर्थात् २८ हजार ८४२ मतान्तरले पराजित गरेका हुन्। अधिकारीले २८ हजार २९७ मत पाए।

सार्वधिक मत ल्याएर विजयी बनेपनि मतान्तरको रेकर्ड बनाउन भने ओली चुके । यो रेकर्ड भने दोलखाबाट विजयी भएका एमालेकै पार्वत गुरुङले कायम गरेका छन्। पार्वतले ३० हजार ६४४ मतान्तरसहित जित हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...