बहुमत आयो भनेर हामी आत्तिदैनौंँ: खनाल



इलाम क्षेत्र नं १ बाट नवनिर्वाचित पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत आयो भनेर वामपन्थीहरु नआत्तिने बताउनुभएको छ ।

आफ्नो विजयपछि आज चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी बहुमत आयो भनेर आत्तिदैनौंँ, धैर्य गुमाउने छैनाँैं भन्नुभयो ।” अब बन्ने वामपन्थीको सरकारले जनमुखी कार्यक्रम ल्याउने बताउँदै उहाँले निर्वाचनमा हारेका र अन्य दललाई पनि समेटेर अघि बढ्ने स्पष्ट गर्नुभयो । लोकतन्त्रको रक्षा, समृद्धि र विकासमा लाग्ने प्रतिबद्धता जनाउँदै नेकपा९एमाले०का वरिष्ठ नेता खनालले गरिबी र बेरोजगारी उन्मूलन गर्दै पाँच वर्षभित्र समृद्ध मुलुक बनाउने दृढता व्यक्त गर्नुभयो ।

नेपालमा अतिवाद, अधिनायकवाद र क्रान्तिको अन्त्य भएर मुलुकमा शान्ति स्थापना भएको बताउँदै नेता खनालले भन्नुभयो, “संविधान अहिले कार्यान्वयनको प्रारम्भिक चरण पूरा भएको छ ।”

समाजवादी लोकतन्त्रबाटै देशको विकास सम्भव रहेको उल्लेख गर्दै उहाँले यो विजय सबै लोकतन्त्रवादी नेपाली जनताको भएको स्पष्ट गर्नुभयो । उहाँले वामपन्थीको बहुमत आएमा अधिनायकवाद आउँछ भनेर भन्नेलाई जनताले गतिलो उत्तर दिएका छन् भन्नुभयो ।

नेपाली काँग्रेसले पटक पटक बहुमत ल्याए पनि देश विकास र निर्माण गर्न नसकेको आरोप लगाउँदै उहाँले आगामी १० वर्षभित्र देशलाई कायापलट गरिने अठोट व्यक्त गर्नुभयो । विजय जुलुसमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न