बहुमत आयो भनेर हामी आत्तिदैनौंँ: खनाल



हाम्रो इकोनोमि

इलाम क्षेत्र नं १ बाट नवनिर्वाचित पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत आयो भनेर वामपन्थीहरु नआत्तिने बताउनुभएको छ ।

आफ्नो विजयपछि आज चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी बहुमत आयो भनेर आत्तिदैनौंँ, धैर्य गुमाउने छैनाँैं भन्नुभयो ।” अब बन्ने वामपन्थीको सरकारले जनमुखी कार्यक्रम ल्याउने बताउँदै उहाँले निर्वाचनमा हारेका र अन्य दललाई पनि समेटेर अघि बढ्ने स्पष्ट गर्नुभयो । लोकतन्त्रको रक्षा, समृद्धि र विकासमा लाग्ने प्रतिबद्धता जनाउँदै नेकपा९एमाले०का वरिष्ठ नेता खनालले गरिबी र बेरोजगारी उन्मूलन गर्दै पाँच वर्षभित्र समृद्ध मुलुक बनाउने दृढता व्यक्त गर्नुभयो ।

नेपालमा अतिवाद, अधिनायकवाद र क्रान्तिको अन्त्य भएर मुलुकमा शान्ति स्थापना भएको बताउँदै नेता खनालले भन्नुभयो, “संविधान अहिले कार्यान्वयनको प्रारम्भिक चरण पूरा भएको छ ।”

समाजवादी लोकतन्त्रबाटै देशको विकास सम्भव रहेको उल्लेख गर्दै उहाँले यो विजय सबै लोकतन्त्रवादी नेपाली जनताको भएको स्पष्ट गर्नुभयो । उहाँले वामपन्थीको बहुमत आएमा अधिनायकवाद आउँछ भनेर भन्नेलाई जनताले गतिलो उत्तर दिएका छन् भन्नुभयो ।

नेपाली काँग्रेसले पटक पटक बहुमत ल्याए पनि देश विकास र निर्माण गर्न नसकेको आरोप लगाउँदै उहाँले आगामी १० वर्षभित्र देशलाई कायापलट गरिने अठोट व्यक्त गर्नुभयो । विजय जुलुसमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...