सिँचाइ अभावमा तोरी उत्पादनमा कमी



हाम्रो इकोनोमि

पर्याप्त जग्गा हुँदा पनि सिँचाइ सुविधा नहुँदा तोरी उत्पादनमा कमी आउने गरेको छ ।

बर्सेनि तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन् ।

दाङ तोरीखेतीका लागि प्रख्यात जिल्ला भए पनि हाल भने जिल्लामा पर्याप्त उत्पादन हुन सकेको छैन । कुनै बेला प्रति परिवारले चारदेखि पाँच क्वीन्टलसम्म तोरी उत्पादन गर्दथे । केही वर्षयता तोरी उत्पादनमा गिरावट आएको स्थानीयवासी एकराज खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कुनै समयमा दाङको रक्षाचौर र मजुवालगायतका क्षेत्रमा प्रशस्त तोरी उत्पादन हुने गर्दथ्यो, हाल सिँचाइ सुविधा नहुँदा तोरी उत्पादन हुदैन् ।’’

सो क्षेत्रमा तोरीका लागि श्रीकुला सिँचाइ योजना भए पनि सो कुलो जीर्ण हँुदा सिँचाइ गर्न सकिएको छैन । “खोला सुक्दै गएका कारण झन समस्या भएको छ,” तुलसीपुर– ४ का रामबहादुर खड्काले भन्नुभयो, अहिले तेल किन्नु परिरहेको छ ।”

“कुनै समय हाम्रो एक कठ्ठा खेतमा डेढमुरीसम्म तोरी फल्थ्यो,” तुलसीपुर–४ का मानबहादुर वलीले भन्नुभयो । सिँचाइ सुविधा नहुँदा यहाँका बासिन्दा खेतीयोग्य जमिन हुँदाहुदै पनि तेल किनेर खान बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...