प्रहरीको फरार सूचीमा रहेका चौधरी कैलाली १मा पाँच गुणाले अगाडि



हाम्रो इकोनोमि

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनता पार्टीका उमेदवरा रेशम चौधरीले पाँच गुणाले अग्रता लिएका छन्। प्रहरीको फरार सूचीमा रहेका चौधरीले ११ हजार ८३४ मतका साथ अग्रतालाई यथावत राखेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार गरिमा शाहले २ हजार ३३६ ल्याउँदा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले २ हजार ४४ मत प्राप्त गरेकी छन् ।

भूमीगत शैलीमा लुकेर बस्दै आएका चौधरीले वारेशमार्फत उमेदवारी दर्ता गराएका थिए । स्थानीय प्रशासनले उनीमाथि टीकापुर घटनामा संलग्न भएको दावी गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धि तीन वटा मुद्दा दायर गरेको छ ।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक टेकेन्द्र साउदको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...