रामचन्द्र पौडेललाई यसरी लाग्यो धक्का, पहिलो पटक हार्ने पक्का



हाम्रो इकोनोमि

तनँहु क्षेत्र नं १ मा नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार्ने पक्का भएको छ। उनी मतगणनाको सुरुवात देखिनै लगातार पछाडि छन्।

यो समाचार तयार पार्दासम्म बाम गठबन्धनका एमाले उम्मेद्वार कृष्णकुमार श्रेष्ठ ‘किसान’ भन्दा पौडेल ५ हजार ५ सय २४ मतले पछाडि छन्।

श्रेष्ठको मत २९ हजार ३ सय ८१ छ भने पौडेलको मत २३ हजार ८ सय ५७ छ।

तनँहु १ का निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालका अनुसार हालसम्म तनँहु १ को ५८ हजार २ सय १२ मत गणना भएको छ। त्यहाँ ६८ हजार मत खसेको छ। र, अब १० हजार मत गणना गर्न बाँकी छ।

यस्तोमा अब जितका लागि पौडेलले सबैजसो मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ। जुन सम्भव देखिदैँन। पौडेलले १० हजारको ८ हजार मत आफ्नो पक्षमा पारे मात्र जित्न सक्छन्।

जसमध्ये ५ हजार ५ सय मत किसानसँगको मतको खाडल तिर्नमै खर्च हुनेछ। त्यसपछि मात्र उनले ‘लिड’ गर्न सक्छन्।

उता गन्न बाँकी रहेका मत मध्ये २५ सय मत मात्र किसानले आफ्नो पक्षमा पारेको अवस्थामा जित्ने छन्। जुन सम्भव छ।

पौडेलले १० हजार मत एकलौटी पार्न सम्भव देखिदैँन। त्यसैले पौडेल पराजय नजिक छन्।

२०५१ देखि २०५६ सम्मका सभामुख, पटक पटक मन्त्री भएका पौडेललाई अब उमेरका कारण पनि राजनीतिमा कमब्याक सहज छैन। २०१७ साल देखि अहिलेसम्म कांग्रेसमा सक्रिय राजनीति गर्ने पौडेल सबैभन्दा पाका नेता मध्येका हुन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवा भन्दा पहिला देखि कांग्रेसको राजनीतिमा सक्रिय थिए। तनँहु १ मा यसपटकको पराजय पौडेलका लागि भारी पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...