उदयपुर २ मा वाम गठबन्धनको विजयी



हाम्रो इकोनोमि

उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको प्यानल नै विजय भएका छन् ।

भर्खरै प्राप्त मत परिणामअनुसार उदयपुर निर्वाचन क्षेत्र नं २ बाट वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराती (हिमाल) ले २२ हजार ५५१ मत प्राप्त गरेर विजयी हासिल गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यस्तै क्षेत्र नं २ कै प्रदेशसभा (क) १ र २ (ख) बाट वाम गठबन्धनकै कला घले र नारायण बुर्जा मगर विजय भइसक्नुभएको छ ।

यता जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच कडा टक्कर भएको छ । आज बिहानसम्मको मत परिणामअनुसार क्षेत्र नं १ को प्रतिनिधिसभाको उम्मेदवारमा नेपाली काँग्रेसका डा नारायण खड्काले १५ हजार २७० मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका उम्मेदवार मञ्जुकुमारी चौधरीले १५ हजार ३३ मत ल्याएर नेपाली काँग्रेसका डा खड्कालाई पछ्याइ रहनुभएको छ ।

यता निर्वाचन क्षेत्र नं १ को प्रदेश (क) १ मा वाम गठबन्धनका विमल कार्कीले १० हजार ३६० मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका विदुरबाबु बस्नेतले नौ हजार ३५० मत प्राप्त गर्नुभएको छ ।

यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ कै प्रदेश (ख) २ मा नेपाली काँग्रेसका हिमाल कार्कीले १२ हजार २३३ मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका रामबहादुर थापाले ११ हजार ६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...