आक्रामक ढंगले अग्रता बढाउँदै प्रचण्ड, यस्तो छ चितवनको पछिल्लो अवस्था



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अग्रता बढाएका छन्।

चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार दाहालले पछिल्लो मतपरिणाम अनुसार दाहालले ६ हजार ५२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकमा नेता विक्रम पाण्डेले ३ हजार ३ सय २ मत ल्याएका छन्। २ हजार ७ सय ५० मतले दाहालले पाण्डेलाई पछि पारेका छन्।

लोकतान्त्रिक गठबन्धनको समर्थनमा उठेका पाण्डेसँग दाहालले मतान्तर फराकिलो पार्दै अघि बढेका हुन्।

चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डे ८ हजार २ सय ३९ मत ल्याएर अघि छन् भने उनलाई नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ५ हजार ७ सय ५४ मत ल्याउँदै पछ्याइरहेका छन्।

क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेल ५ हजार ६ सय ७७ मत ल्याउँदै अग्रस्थानमा छन् भने उनलाई कांग्रेसका शेषनाथ अधिकारीले २ हजार ७ सय ६१ मत ल्याउँदै पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...