एमालेका प्रदेश–४ का मुख्यमन्त्रीका दाबेदार गुरुङ भारी मतान्तरले विजयी,देब गुरुङको बिजय घोषणा हुदै



हाम्रो इकोनोमि

लमजुङ–२ प्रदेशसभाबाट वामगठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ भारी मतान्तरका साथ विजयी भएका छन्। प्रतिनिधि सभामा पनि वामगठबन्धनकै देबप्रसाद गुरुङ विजयोन्मुख छन्।

एमाले सचिव समेत रहेका गुरुङले २३ हजार १ सय ८८ मत ल्याई कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका हुन्। कोइरालाले १५ हजार १ सय २२ मत पाएका छन्।

२०६४ को संविधान सभा चुनावमा यसै क्षेत्रबाट विजय हासिल गरेका गुरुङ २०७० को संविधान सभा चुनावमा भने पराजित भएका थिए। उनी एमालेको तर्फबाट प्रदेश–४ को मुख्यमन्त्रीका दावेदार हुन्।

प्रतिनिधि सभामा एक सिटमात्र रहेको लमजुङमा प्रतिनिधि सभातर्फ पनि वामगठबन्धनकै उम्मेदवार विजयोन्मुख छन्।

माओवादी केन्द्रका देबप्रसाद गुरुङले झण्डै पाँच हजार मतान्तरका साथ कांग्रेसका दीलबहादुर घर्तिमाथि अग्रता हासिल गरिरहेका छन्।

प्रदेशसभा–१ मा पनि एमाले उम्मेदवार धनन्जय दवाडी निकै ठूलो मतान्तरका साथ अगाडि छन्। उनले पनि झण्डै ५ हजार मतान्तरले कांग्रेसका गर्जबहादुर गुरुङलाई पछि पारिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...