एमालेका प्रदेश–४ का मुख्यमन्त्रीका दाबेदार गुरुङ भारी मतान्तरले विजयी,देब गुरुङको बिजय घोषणा हुदै



हाम्रो इकोनोमि

लमजुङ–२ प्रदेशसभाबाट वामगठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ भारी मतान्तरका साथ विजयी भएका छन्। प्रतिनिधि सभामा पनि वामगठबन्धनकै देबप्रसाद गुरुङ विजयोन्मुख छन्।

एमाले सचिव समेत रहेका गुरुङले २३ हजार १ सय ८८ मत ल्याई कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका हुन्। कोइरालाले १५ हजार १ सय २२ मत पाएका छन्।

२०६४ को संविधान सभा चुनावमा यसै क्षेत्रबाट विजय हासिल गरेका गुरुङ २०७० को संविधान सभा चुनावमा भने पराजित भएका थिए। उनी एमालेको तर्फबाट प्रदेश–४ को मुख्यमन्त्रीका दावेदार हुन्।

प्रतिनिधि सभामा एक सिटमात्र रहेको लमजुङमा प्रतिनिधि सभातर्फ पनि वामगठबन्धनकै उम्मेदवार विजयोन्मुख छन्।

माओवादी केन्द्रका देबप्रसाद गुरुङले झण्डै पाँच हजार मतान्तरका साथ कांग्रेसका दीलबहादुर घर्तिमाथि अग्रता हासिल गरिरहेका छन्।

प्रदेशसभा–१ मा पनि एमाले उम्मेदवार धनन्जय दवाडी निकै ठूलो मतान्तरका साथ अगाडि छन्। उनले पनि झण्डै ५ हजार मतान्तरले कांग्रेसका गर्जबहादुर गुरुङलाई पछि पारिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...