च्याउ व्यवसायबाट मनग्य आम्दानी



हाम्रो इकोनोमि

रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ ।

अहिले च्याउको याम भएकाले रानाको दैनिकी च्याउ बिक्री गर्दैमा बित्ने गरेको छ । “बजारमा च्याउको माग बढ्न थालेपछि कसरी पु¥याउने भन्ने चिन्ता छ, व्यवसाय विस्तार गरेको छु” उहाँले भन्नुभयो ।

यसवर्ष रु पाँच लाखदेखि रु ६ लाखसम्म च्याउ बिक्रीबाट आम्दानी गर्ने उहाँको लक्ष्य छ । चार वर्षसम्म विदेशमा बसेर स्वदेश फर्केलगत्तै रानाले व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि उहाँले मनग्य आम्दानी गर्दैआउनुभएको छ ।

अहिले दैनिक ७० किलोसम्म च्याउ उत्पादन गरी पाल्पा, स्याङ्जा र तनहुँका विभिन्न स्थानीय बजारमा बिक्री गर्दै आएको कृषक रानाले बताउनुभयो । रानाले प्रतिकिलो रु दुई सयका दरले च्याउ बिक्री गर्दै आउनुभएको छ ।

च्याउ व्यवसायबाट रानाले दाम मात्र होइन जिल्लामै नमूना च्याउ व्यावसायिका रुपमा नाम कमाउनुभएको छ । एउटा बल्बबाट तीनदेखि चार पटकसम्म च्याउ टिप्न सकिने उहाँको भनाइ छ ।

“च्याउबाट यति धेरै आम्दानी हुन्छ भन्ने सोचेको थिइन, लक्ष्यभन्दा मनग्य आम्दानी हुन थालेपछि अब छिट्टै नै तीन हजार बल्बमा विस्तार गर्ने सोचमा छु” उहाँले भन्नुभयो ।

कम लगानी र परिश्रममा छोटो समयमा घरमै बसी÷बसी मनग्य कमाइ गर्न सकिने भएपछि युवा विदेश नै धाउनु नपर्ने राना बताउनुहुन्छ । गाउँमै बसेर च्याउ व्यवसाय गरियो भने छोटो समयमा नै लखपति बन्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...