म्याग्दीको प्रदेशसभा (क)मा माओवादी र (ख) मा एमाले विजयी



हाम्रो इकोनोमि

म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा (माओवादी केन्द्र)का विनोद केसी निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गर्नुभएको हो ।

केसीले १४ हजार ७०४ र उहाँका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसक्नु भएका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत् कम उमेरको सांसद बन्नुभएको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो ।
यसैगरी प्रदेशसभासदस्यमा क्षेत्र (ख)बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ ।
नेकपा एमाले र (माओवादी केन्द्र)को वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गर्नुभएको हो ।

दोस्रो संविधानसभामा समानुपातिक सभासद्का साथै राज्यमन्त्री पनि बन्नुभएकी एमालेकी पुनले १० हजार ८६८ र काँग्रेसका फगामीले सात हजार (९) मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालालले जानकारी दिनुभयो ।
म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र (क) को मतगणनामा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...