अहिलेसम्म ११ क्षेत्रको अन्तिम नतिजा यस्तो आयो, १ सिटमा थन्किदै कांग्रेस,कहाँ कसले जिते हेर्नुहोस सबै विवरण



हाम्रो इकोनोमि

मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ११:३० सम्म ११ क्षेत्रको मतपरिणाम घोषणा भएको छ। जसमा वाम गठवन्धनले ९ सिट जितेका छन् ।

प्रतिनिधिसभामा वामका ३ उम्मेदवार विजयी भएका छन्। मनाङमा एमालेका पाल्तेन छेवाङ गुरुङ, मुस्ताङमा प्रेम तुलाचन प्रतिनिधिसभामा विजयी भएका छन्। रुकुमपूर्वमा माओवादीकी कमला रोका विजयी भइन्।

प्रदेशसभामा कसको कति?
हालसम्मको परिणाम अनुसार प्रदेशसभातर्फ ८ स्थानमा अन्तिम परिणाम सार्वजनिक भएको छ। प्रदेशसभामा एमाले ४, माओवादी २,कांग्रेस १ र स्वतन्त्र १ सिट जितेका छन्।

प्रदेशसभामा मुस्ताङका क र ख दुवै क्षेत्र एमालेले जितेको छ। मुस्ताङको प्रदेशसभा (क) मा एमालेकै इन्द्रडादु विष्ट, प्रदेश सभा (ख) मा महेन्द्रप्रसाद थकाली विजयी भएका छन्। हुम्ला क मा दलबहादुर रावल विजयी भएका छन् भने डोल्पा क मा एमालेकै नन्दसिंह बुढा विजयी भएका छन्।

नेपाली कांग्रेसबाट मनाङ क मा चिन्तबहादुर घले विजयी भएकी छन्। मनाङ ख मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ तर्फ दीपक मनाङ्गे विजयी भए।

पूर्व रुकुमका दुवै प्रदेशमा माओवादीले जित हात पारेको छ। क मा तेजबहादुर ओली र ख मा पूर्णबहादुर घर्ती विजयी भएका छन्।

अग्रता कहाँ कसको?
नेकपा एमालेले १६ स्थानमा अग्रता लिएको छ।

एमालेले ताप्लेजुङ, बैतडी, बझाङ, मुगु, म्याग्दी, दार्चुला, ओखलढुंगा, धादिङ १ र २, नुवाकोट, दोलखा, पाँचथर, सिन्धुपाल्चोक २ , ललितपुर २, डोल्पा र बाग्लुङ १ मा अग्रता लिएको छ।

त्यस्तै माओवादी केन्द्र १३ स्थानमा आगाडि रहेको छ। माओवादीले रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सिन्धुपाल्चोक १, कालीकोट, गोरखा १, नुवाकोट २, सोलुखुम्बु, भोजपुर, जुम्ला, रामेछाप, लमजुङ र बाग्लुङ २ मा अग्रता लिएको छ।

नेपाली कांग्रेस ५ स्थानमा अगाडि रहेको छ। रसुवा, संखुवासभा, बाजुरा, ललितपुर ३ र हुम्लामा कांग्रेस अगाडि छ।

नयाँ शक्ति पार्टी भने हालसम्म गोरखा २ मा मात्र अगाडि देखिएको छ। जारी मतगणनामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादीका नारायणकाजी श्रेष्ठलाई पछाडि पारिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...