कांग्रेस सोत्तर भए पछी ओली र प्रचण्डको यस्तो भयो फोन बार्ता,माओबादी भन्दा कम्जोर देखिए पछी सभापति देउवाको राजिनामा माग,कांग्रेस भित्र गयो भुकम्प



हाम्रो इकोनोमि

केपी ओली र पुष्पकमल दाहालबिच टेलिफोन वार्ता भएको छ । एमाले अध्यक्षा ओली र माओवादी अध्यक्ष दाहालबिचको बार्तामा प्रारम्भिक मत परिणामका बारेमा छलफल भएको छ ।
दुवै नेताले वाम गठबन्धनको दुई तिहाई बहुमत आउने बताएका छन् । चुनाव पछि वाम गठबन्धनको सरकार गठन गर्ने र तत्काल पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको छ ।
दुवै नेता पार्टी एकता गर्नका लागि प्रतिबद्ध भएका छन् ।प्रारम्भीक मत परिणामले नेपाली कांग्रेस निकै कमजोर देखाएपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ ।

यता पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमता कमजोर हुँदा चुनावमा लज्जास्पद नजिता आउने संकेत देखिएको भन्दै केही नेताहरु रुष्ट बनेका छन् ।
पार्टीभित्रको संगठन बलियो बनाउन नसकेको र सरकारको नेतृत्व गर्दासमेत जनमत आकर्षित गर्न नसकेको आरोप देउवामाथि लगाइएको छ ।

“चुनाव हराएका कारण राजिनामा दिएर पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।” एक नेताले भने ।
प्रारम्भीक नतिजा हेर्दा कांग्रेसले केही सिट मात्रै जित्ने र त्यसको जिम्मेवारी देउवाले लिुनपर्ने कतिपयको तर्क छ । पार्टीको पराजयप्रति जिम्मेवार बन्दै सभापति पदबाट राजिनामा दिनुपर्ने आवाज पार्टी भित्र उठ्न थालेको हो । कांग्रेसको नेतृत्व पूर्ण रुपमा असफल भएको नेताहरुको निष्कर्ष छ ।

पार्टी र सरकारको नेतृत्व गर्दा पनि जनतमाझ लोकप्रियता हासिल गर्न नसकेको आरोप देउवाको छ ।
पहिलो चरणको निर्वाचनको मतगणना हुँदै गर्दा कांग्रेसको अवस्था निकै कमजोर छ । अहिलेसम्मको अग्रतालाई हेर्दा कांग्रेस तेस्रो दल हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस तेस्रो दल भए पनि समानुपातिक मतका कारण कांग्रेस दोस्रो दल हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...