कांग्रेस सोत्तर भए पछी ओली र प्रचण्डको यस्तो भयो फोन बार्ता,माओबादी भन्दा कम्जोर देखिए पछी सभापति देउवाको राजिनामा माग,कांग्रेस भित्र गयो भुकम्प



केपी ओली र पुष्पकमल दाहालबिच टेलिफोन वार्ता भएको छ । एमाले अध्यक्षा ओली र माओवादी अध्यक्ष दाहालबिचको बार्तामा प्रारम्भिक मत परिणामका बारेमा छलफल भएको छ ।
दुवै नेताले वाम गठबन्धनको दुई तिहाई बहुमत आउने बताएका छन् । चुनाव पछि वाम गठबन्धनको सरकार गठन गर्ने र तत्काल पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको छ ।
दुवै नेता पार्टी एकता गर्नका लागि प्रतिबद्ध भएका छन् ।प्रारम्भीक मत परिणामले नेपाली कांग्रेस निकै कमजोर देखाएपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ ।

यता पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमता कमजोर हुँदा चुनावमा लज्जास्पद नजिता आउने संकेत देखिएको भन्दै केही नेताहरु रुष्ट बनेका छन् ।
पार्टीभित्रको संगठन बलियो बनाउन नसकेको र सरकारको नेतृत्व गर्दासमेत जनमत आकर्षित गर्न नसकेको आरोप देउवामाथि लगाइएको छ ।

“चुनाव हराएका कारण राजिनामा दिएर पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।” एक नेताले भने ।
प्रारम्भीक नतिजा हेर्दा कांग्रेसले केही सिट मात्रै जित्ने र त्यसको जिम्मेवारी देउवाले लिुनपर्ने कतिपयको तर्क छ । पार्टीको पराजयप्रति जिम्मेवार बन्दै सभापति पदबाट राजिनामा दिनुपर्ने आवाज पार्टी भित्र उठ्न थालेको हो । कांग्रेसको नेतृत्व पूर्ण रुपमा असफल भएको नेताहरुको निष्कर्ष छ ।

पार्टी र सरकारको नेतृत्व गर्दा पनि जनतमाझ लोकप्रियता हासिल गर्न नसकेको आरोप देउवाको छ ।
पहिलो चरणको निर्वाचनको मतगणना हुँदै गर्दा कांग्रेसको अवस्था निकै कमजोर छ । अहिलेसम्मको अग्रतालाई हेर्दा कांग्रेस तेस्रो दल हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस तेस्रो दल भए पनि समानुपातिक मतका कारण कांग्रेस दोस्रो दल हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको