प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरामा मतपेटिका बोकेको गाडीमा बम विस्फोट



हाम्रो इकोनोमि

डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ। शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो।

विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। मतपेटिकामा भने क्षति पुग्न पाएन।

अहिलेसम्म १ सय १७ वटा मतदान केन्द्रमध्ये ७६ मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको छ भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी दिए। सबै मतपेटिका जिल्ला नपुगेका कारण मतगणनामा ढिलाइ हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...