४०१७ मतले अगाडी रहेका योगेश भट्टराई भन्छन्- ‘जित पक्का छ, अन्तिम नतिजा आउन भोलिसम्म कुरौं’



एमाले सचिव योगश भट्टराईले आफ्नो जित पक्का भएको भन्दै अन्तिम नतिजा आउन समय लाग्ने बताएका छन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङको प्रतिनिधिसभाका उम्मेदवार भट्टराईले जारी मतगणनामा झन्डै ४ हजार मतको अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार उनको ११ हजार ३ सय ५८ मत छ। उनका प्रतिस्पर्धी केशव दाहाल ७ हजार ३ सय ४१ मतसहित पछ्याइरहेका छन्।

टेलिफोनमा कुरा गर्दै भट्टराईले अन्तिम मतपरिणाम प्राप्त हुन अझै केही समय लाग्ने बताए। ‘नतिजा हेर्दा मेरो जित निश्चित जस्तै देखिएको छ, हाम्रो अपेक्षा अनुसार नै भोट आएको छ,’ गृहजिल्लाबाट उनले फोनमा भने, ‘अन्तिम मतपरिणाम भोलि बिहानसम्ममा आऊला।’

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले आफूहरु उत्साहित भएको उनले बताए। ‘जुन किसिमको नतिजा आइरहेको छ, अस्वाभाविक छैन,’ उनले भने, ‘जनताको चाहना अनुसार बनेको वामपन्थी एकताले समेत मतपरिणाम अपेक्षाकृत नै देखिन्छ।’

नेतृत्वले सही निर्णय गरेको बताउँदै भट्टराईले स्थिर र बलियो सरकार बनाउने वाम गठबन्धनको एजेन्डालाई जनताले स्विकृति प्रदान गरेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको