विभिन्न जिल्लामा मतगणना, वाम गठबन्धनले लियो फराकिलो अग्रता, काँग्रेस धेरै पछाडी



विभिन्न जिल्लामा मंसिर १० र २१ गते सम्पन्न पहिलो तथा दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो विवरण प्राप्त भइरहेको छ ।

बैतडी— यहाँ मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको बैतडीमा मतगणना जारी रहेको छ ।

कुल १३ हजार ५०८ मत गणना हुँदा आज बिहान ६ बजेसम्म को मतपरिणामअनुसार एमालेका दामोदर भण्डारीले ६ हजार ९७२ र नेपाली काँग्रेसका नरबहादुर चन्दले पाँच हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा ९क०मा नेकाका हरिमोहन भण्डारी चार हजार ७३८ र नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्टले ६ हजार १४७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा ९ख०मा नेकपा ९एमाले०का लीलाधर भट्टले ६ हजार ४५३ र राप्रपाका गणेश चन्दले चार हजार ८५७ मत प्राप्त गर्नुभएको छ । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।

बेनी, म्याग्दी : म्याग्दीमा प्रतिनिधिसभामा एमाले–माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका नेकपा ९एमाले०का भूपेन्द्रबहादुर थापाले अग्रता कायम गर्नुभएको छ । बिहान ५ बजेसम्मको मतपरिणामअनुसार थापाले ११ हजार ८९३ मतसहित अग्रता कामय गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका खुमबहादुर गर्वुजा, खम्वीरले १० हजार ५६ मतसहित थापालाई पछ्याई रहनुभएको छ ।

त्यसैगरी, प्रदेशसभा ९क०मा वाम गठवन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का विनोद केसीले सात हजार ४० मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका भीमप्रसाद गौचनले ६ हजार १९० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुनले चार हजार ९५० र नेकाका अमलाल फगामीले चार हजार ५३७ मत प्राप्त गर्नुभएको छ ।

एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

खोटाङ : मंसिर १० गते खोटाङमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । बिहीबार बेलुका साढे सात बजेदेखि शुरु गरिएको मतगणनामा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का विशाल भट्टराईको छ हजार २४१ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाकी सरस्वती बजिमयको चार हजार ३८१ रहेको छ । भट्टराई र बजियमयको पछिल्लो मतान्तर एक हजार ८६० रहेको छ ।

प्रदेशसभा सदस्य क्षेत्र नं १ (क)मा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका राजन राईको दुई हजार ९१८ र नेकाका सुवासकुमार पोखरेलको एक हजार ६९४ मत रहेको छ ।

यस्तै, प्रदेशसभा २ (ख)मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई (पासाङ)को तीन हजार ४९१ र नेकाका विष्णुकुमार राईले एक हजार ९५० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दश राजनीतिक दलका १९ जना उम्मेदवार रहेको जिल्लामा कूल एक लाख २५ हजार १८३ मतदाता रहेको र ७१ हजार ३११ मत खसेको थियो ।

संखुवासभा : यसैगरी, यहाँ बिहीबार साँझ ५ः३० बजेदेखि संखुवासभाको निर्वाचन मतगणना शुरु गरिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा नेकाका उम्मेदवार दीपक खड्काको एक हजार १४६, साझा वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्र गौतमको एक हजार ६९ मत प्राप्तगर्नुभएको छ ।

प्रदेश नंं १ संखुवासभा (क)मा नेकाका टंकप्रसाद राईको ८०७, साझा वाम गठबन्धन माओवादी केन्द्रका पूर्णप्रसाद राई एक हजार ३४४ मत प्राप्त गर्नुभएको छ भने प्रदेश नं १ संखुवासभा (ख)का नेकाका दीपक लिम्बूको ९१७, साझा वाम गठबन्धनका एमालेका तुलसीप्रसाद न्यौपानेले एक हजार ७० मत प्राप्त गर्नुभएको बिहान ४ बजेसम्मको पछिल्लो मतगणना सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।

सोलुखुम्बु : सोलुखुम्बुमा प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा वाम गठबन्धनले अग्रता कायमै राखेको छ । मतगणना शुरु भएसँगै अग्रता लिएको वाम गठबन्धनले अहिले मतान्तर फराकिलो बनाउँदै लगेको छ ।

प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार हेमकुमार राईले ६ हजार ४६८ मत प्राप्त गर्दा नेकाका उम्मेदवार पूर्वमन्त्री बलबहादुर केसीले चार हजार ६४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रदेश (क)मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले तीन हजार २४९ मत प्राप्त गर्दा नेकाका प्रकाशसिंह कार्कीले एक हजार ९७९ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (ख)मा वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले तीन हजार ४६५ मत प्राप्त गर्दा नेकाका आङगेलु शेर्पाले दुई हजार ७९० मत प्राप्त गर्नुभएको छ ।

बेसीशहर, लमजुङ : लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिनिधिसभामा १४ हजार ८१६ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिनुभएको छ । गुरुङले ६ हजार ९४७ मत ल्याउँदा नेकाका उम्मेदवार दिलबहादुर घर्तीले ६ हजार ९१४ मत ल्याउनुभएको छ ।

यस्तै, प्रदेशसभा (क) र (ख) दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेशसभा (क)मा सात हजार ५१३ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार धनन्ञ्जय दवाडीले चार हजार ३९३ मतले अग्रता लिनुभएको छ् । दवाडीलाई काँग्रेस उम्मेदवार गर्जबहादुर गुरुङले दुई हजार ९०६ मतले पछ्याउनुभएको छ ।

प्रदेशसभा (ख)मा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । काँग्रेसका कृष्णप्रसाद कोइरालालाई पछि पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिनुभएको छ ।

गुरुङले तीन हजार ९०३ मत ल्याउँदा कोइरालाले तीन हजार ५४५ मत ल्याउनुभएको छ । एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एक लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० जनाले मतदान गरेका थिए । प्रदेश सभा ९क०मा ३६ हजार ६८ र प्रदेशसभा (ख)मा ४१ हजार २७२ मत खसेको थियो ।

रोल्पा : मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रोल्पामा बिहीबार बेलुकादेखि शुरु भएको मतगणनाको पछिल्लो नतिजाअनुसार वाम गठवन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

बिहान ८ बजेसम्मको मतपरिणामअनुसार प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वर्षमान पुनले पाँच हजार ५१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फवाट नेकाका उम्मेदवार अमरसिं पुनले दुई हजार ६४९ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभाका लागि हालसम्म १७ हजार ८०३ मतगणना भएकामा एक हजार २३९ मत बदर भएको बताइएको छ ।

प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फवाट नेकपा ९माओवादी केन्द्र०का कुलप्रसाद केसीले एक हजार ८९४ मत प्राप्त गर्नुभएको छ । यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका उम्मेदवार शेरबहादुर महराले एक हजार ४९७ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा तीन हजार ९४३ मतगणना भइसकेको छ ।

प्रदेश सभा (ख)मा वाम गठबन्धनका तर्फवाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार दीपेन्द्र पुनले तीन हजार ७११ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका नेकाका खगेन्द्रप्रकाश हमालले ८६१ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा पाँच हजार २५ मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेले सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउने

     नेकपा एमालेले नियोजितरूपमा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा भ्रमपूर्ण विषय

भोलिदेखि धरहरा खुला, प्रवेश निःशुल्क

    भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको

चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो : गोकुल बास्कोटा

    नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा

रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने

    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत