निर्वाचन आयोगले भन्यो-६७ प्रतिशत मत खस्यो,कुन जिल्लामा धेरै प्रतिशत खस्यो?



हाम्रो इकोनोमि

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ । यो आँकडा अझै बढ्नसक्ने आयोगले जनाएको छ ।

निर्वाचन अयाोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।

अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्ध गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । उनका अनुसार त्यस स्थलको मतदान केहिदिनभित्रै हुनेछ ।

मतदान सम्पन्न भएका ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...