काठमाडौंको मतगणना भोलि मात्र,बिहान सर्वदलीय बैठक त्यस पछी यसरी हुदैछ गणना



हाम्रो इकोनोमि

काठमाडौंको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना भोलि मात्र हुने भएको छ।
मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु गर्ने तयारी गरिएको छ। जिल्ला समन्वय समितिको हलमा भोलि बिहान ६ बजे सर्वपक्षीय बैठक बसेर लगत्तै गतगणना सुरु गरिने क्षेत्र नम्बर ९ का निर्वाचन अधिकृत विदुर काफ्लेले बताए।

निर्वाचनमा खटिने कर्मचारीको थकान, मतपेटिका बुझ्न समय लाग्ने तथा दक्षिणकाली, दहचोक, चन्द्रागिरि लगायत स्थानबाट मतपेटिका ल्याउने समय लाग्ने भएकाले राजनीतिक दल र निर्वाचन अधिकारीबीच शुक्रबार बिहान मतगणना गर्ने सहमति भएको थियो।

काठमाडौंको कुन क्षेत्रको मतगणना कहाँ?

काठमाडौं क्षेत्र नम्बर १, २, ३ र ४ – राष्ट्रिय सभागृह, भृकुटीमण्डप
क्षेत्र नम्बर ५ र ७ – सहकारी विकास विभागको तालिम केन्द्र, बानेश्वर
क्षेत्र नम्बर ६ – जिल्ला समन्वय समितिको हल, बबरमहल
क्षेत्र नम्बर ९ र १० – अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...