हेर्नुहोस काठमाडौंको मतगणना कहाँ कहाँ हुँदैछ ? अन्तिम नतिजा कहिले सम्ममा आउछ ?



हाम्रो इकोनोमि

प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन जारी छ । बिहीबार साँझ ५ बजेसम्म मतदानको समय सकिएपछि सबै मतदान केन्द्रबाट मतपेटिका ल्याएपछि मतगणना सुरु हुने भएको छ ।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मत गणना पनि मत पेटिका ल्याईसकेपछि सर्वदलीय बैठक बसेर सुरु गर्ने मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । काठमाडौंका १० क्षेत्रको निर्वाचन मतगणना ५ स्थाबाट गरिने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौंका निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा प्रदर्शनी मार्गमा हुने भएको छ । त्यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नं ५ र ७ को मतगणना सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा गरिने भएको छ ।

उता, जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा काठमाडौं निर्वाचन क्षेत्र नं ६ मतगणना हुने भएको छ । क्षेत्र नं ८ को मत गणना भनेको वन परिसर बबरमहलमा र काठमाडौं क्षेत्र नं ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...