३२ जिल्लाको मतपेटिकाको पोको साँझ ५ बजेदेखि खुल्दै, मनाङ र मुस्ताङको परिणाम पहिले आउने,यसरी हुन्छ मतगणना



गत मंसिर १० गते ३२ जिल्लामा भएको मतदानको बिहीबार साँझ ५ बजेबाट शुरु हुने भएको छ। मतदान सकिएको ११ दिन भइसक्दा पनि मतगणना नभएको कारण उम्मेद्वारहरु जतिसक्दो छिटो मतगणना गर्न आतुर देखिन्छन्।

बिहीबार बिहानदेखि नै पहिलो चरणमा मतदान भएका केही जिल्लाहरुमा सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘मतगणना कति खेर होला भनेर दलका प्रतिनिधिहरु आतुर छन्। सर्वदलीय बैठक बसिरहेको छ।‘

दोस्रो चरणको मतदान साँझ ५ बजे सकिने बित्तिकै पहिलो चरणको मतदानका मतपेटिका खोलेर गणना थालिनेछ।

यसरी हुन्छ मतगणना

मतगणना निर्देशिका अनुसार मतगणना सुरु गर्न ठीक छ भनिसकेपछि सबैभन्दा पहिला मतपेटिकाको सिल तोडिन्छ। सिल तोडेपछि मतपत्र खन्याइन्छ। खन्याएर खाली भएको मतपत्र सबैलाई देखाएर सुरक्षित राखिन्छ।

मतपेटिका घोप्ट्याएर मतपत्र निकालिन्छ। त्यसपछि मतगणनामा खटेका कर्मचारीले मतपत्र उपस्थित प्रतिनिधिलाई देखाउँछन् र मतगणना सुरु गर्छन्।

यसपटक मतगणना गर्ने स्थानमा दलका प्रतिनिधिहरुलाई सहजै मतपत्र छुन नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ। सबैभन्दा पहिले बदर मत छुट्टाएर मात्र सदर मतको गणना हुन्छ।

पूरै बदर नभएको मतपत्र बदर मतगणनाकै क्रममा छुट्टाइने छ। शुक्रबारसम्म कम मतदाता भएका क्षेत्रको मतगणना आइसक्ने आयोगले जनाएको छ। प्रवक्ता ढकालले भने ‘केही जिल्लामा शुक्रबारसम्म मतगणना आइसक्ने अनुमान गरेका छौं।‘

प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्भव भएसम्म एकै पटक गर्ने र त्यो सकिएपछि समानुपातिकतर्फको मतगणना प्रतिनिधि सभा र प्रदेश सभाको एकै पटक गर्नुपर्ने मतगणना निर्देशिकामा उल्लेख छ।

मनाङ र मुस्ताङको परिणाम पहिले आउने

कुनै विवाद भएर मतगणना ढिला नभए सबैभन्दा पहिले कम मतदाता भएका जिल्लाको परिणाम आउनेछ। सबैभन्दा कम मतदाता मनाङमा रहेको छ। यहाँ ५ हजार ८ सय ८० मतदाता रहेका छन् भने यहाँको मतपत्र पनि दुई वटा चिह्नमात्र रहेको हुनाले गणना छिटो हुने अपेक्षा गरिएको छ।

त्यसैगरी मुस्ताङमा पनि ९ हजार ४२७ मतदाता मात्र रहेका छन्। यहाँको प्रतिनिधि सभा र प्रदेश सभाको  मतपत्रमा पनि दुई वटा मात्र चिह्न रहेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम चार दिनभित्र र समानुपातिकको आठ दिनभित्र मत परिणाम आइसक्ने दावी निर्वाचन आयोगले गरेको छ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु