गगन थापालाई गोला बारुद हान्ने गोले सहित ६ जना पक्राउ, पेस्तोल र बम यसरी बरामद गर्यो प्रहरीले



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन्।
नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई प्रहरीको बिशेष ब्युरोले बिहीबार पक्राउ गरेको हो। उनीहरुको साथबाट चिनियाँ पेस्तोल र चार वटा बम बरामद भएको छ।

‘गगन थापामाथि आक्रमण गोलेकै समूहले गरेको हो,’ बिशेष ब्युरोका एआइजी हेमन्त पालले भने,‘राजधानीमा भएका सबै विस्फोटहरु उनकै नेतृत्वमा भएका थिए।’

गत सोमबार थापालाई लक्षित गरी काठमाडौंको चपलीमा विस्फोट गराइएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ का उम्म्दवार थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो। सो क्रममा उनीसहित ११ जना घाइते भएका थिए।

प्रहरीले नेकपाका कार्यकर्ताहरुको तीन वटा डेरामा छापा हानी बम बनाउन प्रयोग हुने सामान र विभिन्न दस्तावेजसमेत बरामद गरेको छ।
राजधानीमा भएका अन्य विस्फोटका घटनामा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ। गोलेकै समूहले राजधानीमा चुनावविरोधी गतिविधि गरेका थिए।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...