ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छस भनेका देउवाको फोन आशिर्बाद पछी प्रचण्डलाई पछार्न पाण्डेले यसरी गरे मतदान,प्रचण्डको क्षेत्रबाट यस्तो आयो खबर



हाम्रो इकोनोमि

वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले नेपाली काँग्रेसका सभापतिसहितका शीर्ष नेताको टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताएका छन् ।

भरतपुर महानगरपालिका–२७ स्थिर जानकी उच्च मावि मतदान केन्द्रबाट मतदानपछि बिहिवार प्रतिक्रिया दिँदै उनले आफू यस क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार भएकाले काँग्रेस नेताको आशीर्वाद लिएर मतदान गरेको बताए ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष हुन। उनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालासँग टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताए ।

उनले राप्रपा, काँग्रेससँगै नेकपा (एमाले) र माओवादीकै मत पनि आफूलाई आउने दाबी गरे।

उनसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनावी प्रतिस्पर्धामा छन् । मन्त्री पाण्डेले आजको यो क्षण ऐतिहासिक भएको भन्दै आम जनतालाई आफ्नो अधिकार निर्धक्क भएर प्रयोग गर्न आग्रह गरे। उनले कसैको लोभलालचमा नपरी आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पनि आह्वान गरे।

सरकार निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै मन्त्री पाण्डेले आम जनताको साथ र समर्थनबाट निर्वाचन सफल हुने बताउनुभयो । उत्सवको रुपमा मतदानमा सबै सहभागी हुन उहाँले आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा आग्रह गरे।

आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै उनले घोषणाको प्रक्रिया मात्रै बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...