ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छस भनेका देउवाको फोन आशिर्बाद पछी प्रचण्डलाई पछार्न पाण्डेले यसरी गरे मतदान,प्रचण्डको क्षेत्रबाट यस्तो आयो खबर



वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले नेपाली काँग्रेसका सभापतिसहितका शीर्ष नेताको टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताएका छन् ।

भरतपुर महानगरपालिका–२७ स्थिर जानकी उच्च मावि मतदान केन्द्रबाट मतदानपछि बिहिवार प्रतिक्रिया दिँदै उनले आफू यस क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार भएकाले काँग्रेस नेताको आशीर्वाद लिएर मतदान गरेको बताए ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष हुन। उनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालासँग टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताए ।

उनले राप्रपा, काँग्रेससँगै नेकपा (एमाले) र माओवादीकै मत पनि आफूलाई आउने दाबी गरे।

उनसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनावी प्रतिस्पर्धामा छन् । मन्त्री पाण्डेले आजको यो क्षण ऐतिहासिक भएको भन्दै आम जनतालाई आफ्नो अधिकार निर्धक्क भएर प्रयोग गर्न आग्रह गरे। उनले कसैको लोभलालचमा नपरी आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पनि आह्वान गरे।

सरकार निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै मन्त्री पाण्डेले आम जनताको साथ र समर्थनबाट निर्वाचन सफल हुने बताउनुभयो । उत्सवको रुपमा मतदानमा सबै सहभागी हुन उहाँले आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा आग्रह गरे।

आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै उनले घोषणाको प्रक्रिया मात्रै बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको