निर्वाचनको अधिल्लो दिन सेयरबजारमा देखियो उत्साह, ११ अंकले नेप्से बढ्दा ६८ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

दोस्रो चरणको निर्बाचनको अघिल्लो दिन शेयर बजार दोहोरो अंकले बढेको छ। कारोबारको सुरुवात देखिनै बढेको शेयर बजारले अन्तिम सम्मनै वृद्धि कायम गरेको हो।

बुधबार नेप्से ११.६७ अंकले बढेर १५३६.५४ अंकमा पुगेको छ । यस दिन १६६ कम्पनीको १२ लाख ५३ हजार कित्ता सेयर ६७ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबार रकममा अघिल्लो कारोबार दिनको तुलनामा १० करोडले बढी हो ।

यसदिन सेयर कारोबारमा आएका ९ मध्ये व्यापार बाहेक सबै समूहका सूचक उकालो लागेका छन । यसदिन सेयर बजारमा सबैभन्दा बढी हिस्सा रहेको बाणिज्य बैंक समूह ८.३ अंकले बढेको छ । त्यस्तै होटल समूह २८.०९, विकास बैंक २३.९५, जलविद्युत ३२.१, वित्त ७.७२, वीमा ६८.६३, अन्य समूह १.७३ अंक तथा माइक्रोफाइनान्स २४.५८ अंकले उकालो लागेका छन । व्यापार समूहको सूचक भने २.४५ अंकले घटेको छ ।

बुधबार शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ६ करोड ४० लाख रुपैयाँ बढीको सेयर खरिदविक्री भएका छन् । कम्पनीको लाभांस सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि कारोबार धेरै भएको हो । त्यस्तै नेपाल टेलिकम, प्राइम लाइफ इन्स्योरेन्स संस्थापक सेयरको कारोबार पनि ३ करोड बढीको भएको छ ।

यसदिन छ्याङ्दी हाइड्रो पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ७.५३ प्रतिशतले बढेको छ । सिनर्जी पावर, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो लगायतको सेयरमूल्य बढेको छ । दोहोरो अंकले बढेको बजारमा हिमालयन पावर पार्टनर र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यी दुई कम्पनीको सेयरमूल्य दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...