निर्वाचनको अधिल्लो दिन सेयरबजारमा देखियो उत्साह, ११ अंकले नेप्से बढ्दा ६८ करोडको सेयर कारोवार



दोस्रो चरणको निर्बाचनको अघिल्लो दिन शेयर बजार दोहोरो अंकले बढेको छ। कारोबारको सुरुवात देखिनै बढेको शेयर बजारले अन्तिम सम्मनै वृद्धि कायम गरेको हो।

बुधबार नेप्से ११.६७ अंकले बढेर १५३६.५४ अंकमा पुगेको छ । यस दिन १६६ कम्पनीको १२ लाख ५३ हजार कित्ता सेयर ६७ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबार रकममा अघिल्लो कारोबार दिनको तुलनामा १० करोडले बढी हो ।

यसदिन सेयर कारोबारमा आएका ९ मध्ये व्यापार बाहेक सबै समूहका सूचक उकालो लागेका छन । यसदिन सेयर बजारमा सबैभन्दा बढी हिस्सा रहेको बाणिज्य बैंक समूह ८.३ अंकले बढेको छ । त्यस्तै होटल समूह २८.०९, विकास बैंक २३.९५, जलविद्युत ३२.१, वित्त ७.७२, वीमा ६८.६३, अन्य समूह १.७३ अंक तथा माइक्रोफाइनान्स २४.५८ अंकले उकालो लागेका छन । व्यापार समूहको सूचक भने २.४५ अंकले घटेको छ ।

बुधबार शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ६ करोड ४० लाख रुपैयाँ बढीको सेयर खरिदविक्री भएका छन् । कम्पनीको लाभांस सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि कारोबार धेरै भएको हो । त्यस्तै नेपाल टेलिकम, प्राइम लाइफ इन्स्योरेन्स संस्थापक सेयरको कारोबार पनि ३ करोड बढीको भएको छ ।

यसदिन छ्याङ्दी हाइड्रो पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ७.५३ प्रतिशतले बढेको छ । सिनर्जी पावर, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो लगायतको सेयरमूल्य बढेको छ । दोहोरो अंकले बढेको बजारमा हिमालयन पावर पार्टनर र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यी दुई कम्पनीको सेयरमूल्य दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने