भटमाससँग नुन चामल साट्दै ग्रामीण भेगका कृषक



पछिल्ला समयमा जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग नुन, चामललगायतका खाद्य सामग्री साट्न व्यपारीकहाँ धाउन थालेका छन् ।

वर्षायाममा लगाइने बाली बँदेलले नष्ट गर्न थालेपछि किसानले धान, गहुँ, मकैजस्ता बाली छोडेर भटमास तथा अन्य दलहन खेतीतर्फ आकर्षित भएका हुन् । कृषकले लगाएका मकै बँदेलले सखाप गर्न थालेपछि अजयमेरु गाउँपालिकाका र डडेल्धुराको ग्रामीण भेगका अधिकांश कृषकले मकै र धानखेती लगाउन छाडेको अजयमेरु गाउँपालिका–५ की मायादेवी पालले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेसँगै व्यापारी नुन र चामल लगेर गाउँमै भटमासलगायत दलहन खरिद गर्न पुग्ने गरेको अजयमेरु–१ समैजीका कृषक बताउँछन् । बजारको मूल्य गाउँमै पाइने र नुन चामल पनि घरसम्मै पुग्ने भएकाले सजिलो भएको समैजीकी दुर्गा भण्डारीले बताउनुभयो ।

अहिले प्राय गाउँ क्षेत्रका कृषकले भटमासको भारी बोकेर चामललगायत अन्य दैनिक उपभोग्यका सामग्री खरिद गरी रहेका भेटिन्छन् । गाउँमा नै भनेको दाम पाइने भएपछि बिक्रीका लागि सहज भएको उनीहरूको भनाइ छ । एक केजी भटमाससँग दुई केजी चामल साट्ने गरेको अजयमेरु–२ भद्रपुरका इन्द्रा पनेरुले बताउनुभयो । प्रायः घरमै गएर खरिद गरे सस्तो मूल्य पर्ने तर बिक्री गर्ने ठाउँसम्मै बोकेर ल्याउँदा उचित मूल्य पाइने उहाँले जानकारी दिनुभयो । भटमासको मूल्य गाउँमा नै ६० देखि ७० मा बिक्री हुने गर्दछ । एक किलो भटमासमा दुई किलो चामल भन्दै साटेर लैजान्छन् ।

गत वर्ष पाँच कट्टा जमिनमा लगाएको मकै सबै सखाफ गरेपछि भने यो साल आफूलगायत ३० परिवारले थोरै मकै र बाँकी भटमास लगाएको मायादेवीको भनाइ छ । भटमासलाई बँदेलले खासै नरुचाउने भएकाले हामी भटमास खेतीतर्फ आकर्षित भएको सोही गाउँका अर्का कृषक पदमराज पन्त बताउनुहुन्छ ।

धानभन्दा पनि महँगो मूल्यमा बिक्री हुने हँदा भटमास खेती गर्न अन्य बालीभन्दा सहज भएकाले यसतर्फ कृषक आर्कषित भएका हुन् । विगतमा हामीले धान, मकै, कोदो लगाउने गरे पनि जंगली बँदेलले सखाप गर्न थालेपछि केही सीप नचलेर भटमास खेतीतर्फ लागेको नवदुर्गा गाउँपालिकाका कृषक रुद्रप्रसाद भट्टले बताउनुभयो ।

हाम्रो गाउँमा प्रायः पाखो जमिन भएकाले धानभन्दा पनि मकै फल्थ्यो तर बँदेलले नष्ट गर्न थालेदेखि अधिकांशले भटमासखेती गर्न थालेका हुन् । करिब हामी ६० घरपरिवार नै बसोबास गर्दछौँ सबैले मुख्य बालीको रुपमा भटमासको खेती गर्न लागेको तीन वर्ष जति हुन लागेको कृषक भट्टले उल्लेख गर्नुभयो ।

विगतमा कहिल्यै पनि बाहिरबाट चामल किन्न नपरेकामा बँदेलको त्रासले त्यस्ता बाली लगाउन सबैले छाडिसके अब बजारको चामलको भर पर्नुपरेको अर्का बृद्ध कृषक कमलसिंह महरले बताउनुभयो । हाल जिल्लाका विभिन्न भागमा कृषकले वर्षेयाममा धान, मकैलगायतका बाली लगाउन छोडेर दलहन खेती गर्न थालेका हुन् ।

जिल्लाका अमागढी नगरपालिका अजमेरु गाउँपालिका, नवदुर्गा, भागेश्वर, गन्याप र पर्शुराम तथा आलिताल गाउँपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा भटमासका साथै अन्य दलहन खेती र तरकारी खेतीको विस्तार भएको छ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा