बिदेशी र स्वदेशी खुफिया एजेन्सीले सार्बजनिक गरे यस्तो गोप्य तथ्य,बाम गठबन्धनले १५० सिट कटाउने,कांग्रेस यसरी पछारिने



हाम्रो इकोनोमि

मंसिर १० मा सम्पन्न भएको निर्वाचन र मंसिर २१ गते भोली हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुन दलले कति सिट जित्ने भन्ने नयाँ रिपोर्ट बाहिरिएको छ। बिदेशी र स्वदेशी खुफिया एजेंसीले मिहिनेत गरेर तयार पारेको उक्त रिपोर्टमा एमालेको ७० देखि ७५ जित्ने दाबी गरिएको छ । समानुपातिकमा भने एमालेको केही कम हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै नेपाली कांग्रेसको प्रत्यक्षतर्फ ५५ देखि ६५ सिट आउने रिपोर्टमा उल्लेख गरिएको स्रोतको दाबी छ । नेकपा मओवादी केन्द्रले २५ देखि ३० सिटको हाराहारीमा विजयी हाँसिल गर्ने उल्लेख गरिएको छ ।

यता राजपा र संघीय समाजवादी को १० देखि १२ सिट र राप्रपा र राप्रपा प्रजातान्त्रिकको २ देखि ५ सिट आउने दाबी गरिएको छ । त्यस्तै साना साना दल १ वा २ सिट जित्ने दाबी पनि उक्त रिपोर्टमा गरिएको छ ।

यसरी हेर्दा, एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको पक्षमा साधरण बहुमत आउने पक्का भएको छ । बहुमतको लागि एक सय ३८ चाहिनेमा वाम गठबन्धनको पक्षमा एक सय ४५ सिट आउने बुझिएको छ।

हुन कांग्रेसले दोस्रो चरणमा हुने १ सय २८ निर्वाचन क्षेत्रमा ७० स्थानमा पार्टीका उम्मेदवार जित्ने दाबी गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी निर्वाचनबाट पनि कांग्रेस अग्रस्थानमा आउने दाबी पटक पटक गरेको छ । केही दिन अघिमात्रै काठमाडौं आयोजित एक पत्रकार सम्मेलनमा कांग्रेसले यस्तो दाबी गरेको थियो ।

‘मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनअन्तर्गत १ सय २८ स्थानका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा ७० स्थानमा हामी अग्रस्थानमा छौं,’ निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले पत्रकारसँग भने, ‘लोकतान्त्रिक गठबन्धनका लागि छोडिएको १० स्थानका अधिकांश ठाउँमा सहयोगी दलका उम्मेदवारले विजय हासिल गर्नुहुन्छ ।’ कांग्रेसले १ सय १८ स्थानमा पार्टीका उम्मेदवार उठाएको छ । मंसिर १० गते निर्वाचन सम्पन्न ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पार्टीले बहुमत सिटमा जित्ने दाबी पनि खाँणले गरेका थिए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुले वाम गठबन्धन निर्माण गर्दै संविधान संशोधनसहित एकदलीय व्यवस्था लाद्ने उद्घोष गरकाले आफ्नो पार्टीको पक्षमा थप जनमत निर्माण भएको कांग्रेसको विश्लेषण छ ।

तर यता एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...