राजेन्द्र महतोले मौन अबधीमा पैसा बाडे पछी यसरी भयो बबाल,यी हुन् नोट संग भोट साट्न खोज्दा लखेटिएका उम्मेदवार,



मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतो पैसा बाँड्न निस्किएपछि मध्यरातमा जनकपुरमा तनाब सृजना भएको छ ।

धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार रहेका राजेन्द्र महतोलाई पैसा बाँड्न रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ ।राति सवा ११ बजे भएको झडपका क्रममा कांग्रेस र राजपाका केही कार्यकर्ता सामान्य घाइते भएका छन् ।
मध्यरातमा पैसा बाँड्न महतो आफै निस्किएपछि रोकेको काँग्रेसका युवा नेता राकेशविक्रमले महतोले बताए ।

जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए ।
महतोलाई मंगलवार राती नै जनकपुर १६ को कपिलेश्वरमा पनि पैसा बाँड्न जाँदा कांग्रेस कार्यकर्ताहरुले रोकेका थिए ।
धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै मतदातालाई प्रभावित गर्ने गरी रातारात पैसा बाँड्दै हिडेका कांग्रेसका एक कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा पर्वतको कुष्मा नगरपालिकामा पैसा बाँड्दै गरेका नेपाली काँग्रेसका कार्यकर्ता अर्जुन खनाललाई वाम गठबन्धनका कार्यकर्ताले रंगेहात पक्राउ गरेका हुन् ।
रातारात पैसा बाँड्दै हिँडेको आरोपमा बामगठबन्धनका कार्यकर्ताले मंगलबार साँझ कुष्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरी, पौडेल चोकमा ४८ हजार रुपैँयासहित उनलाई कब्जामा लिएका हुन ।
बा ८१ प ५८८५ नम्बरको मोटरसाइकलमा पैसा बितरण गर्दै हिँडेको देखेपछि उनलाई कब्जामा लिएको स्थानीय मिलन सुबेदीले जानकारी दिए ।

पूर्व सभासद एवम एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार राजाराम स्याङ्तानलाई मनहरी गाउँपालिका वडा नम्बर ३ हाडिखोला, लामीटारका स्थानियले निर्वाचन आचार संहिता विपरित पैसा बाडन आएको भन्दै लखेटेका छन्।

यता मकवानपुरमा मंगलबार राति ८ बजेको समयमा प्रदेश सभा सदस्यका उम्मेदवार स्याङतानले पैसाको प्रलोभन देखाउँदै स्थानिय उम्मेदवारलाई भोट नदिए ठिक नहुने भनि धम्की समेत दिएको स्थानियको भनाई छ।

उम्मेदवार स्याङतान नोटसँग भोट साटन आएको भन्दै स्थानिय यूवाहरुले नौ दश वटा बाइकमा मनहरीको ज्यामीरे सम्म लखेटको स्थानियले बताएका छन्।यस अघि पनि स्याङतानलाई मतदातालाई प्रलोभनमा पार्न कम्बल र चामल बाडेको आरोप लागेको थियो ।
स्याङतान बामगठबन्धनका तर्फबाट मकवानपररको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेस सभा क्षेत्र नम्बर ख का उम्मेदवार हुन।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग