राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा निर्वाचन सुरक्षा व्यवस्थाको अनुगमन



प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको राष्ट्रिय मानव अधिकारको निर्वाचन पर्यवेक्षक टोलीले आज कञ्चनपुरमा अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक, आयोगका क्षेत्रीय निर्देशक दीपकजंग ध्वज कार्की, आयोगका अनुसन्धन प्रमुख राजेन्द्र न्यौपाने र जिल्ला पर्यवेक्षक उमा जोशीलगायतको टोलीले अनुगमन गरेको हो ।

निर्वाचन पूर्व जिल्लाको सुरक्षा अवस्था, हालको सुरक्षा व्यवस्था र निर्वाचन आचारसंहिता परिपालना भए नभएको विषयमा आयोगको टोलीले प्रजिअ कुमार खड्कासँग जानकारी लिएको छ ।
महेन्द्रनगरलगायत पूर्व–पश्चिम राजमार्गका बजार क्षेत्रमा सार्वजनिकस्थलमा जथाभावी पर्चा, पम्पप्लेट टाँसिएको र विभिन्न पार्टीका प्रचार सामग्री प्रत्यक्ष मतदातालाई प्रभावित पार्ने गरी झुण्ड्याइएको पाइएकाले तुरुन्त हटाई आचारसंहिताको पालना गर्न टोलीले निर्देशन दिएको छ ।

सबै मतदानस्थलमा कर्मचारी खटाइसकेको सुरक्षा व्यवस्था कडा पारिसकेको, निर्वाचन सामग्रीलगायत समग्र तयारी पूरा भइसकेको प्रजिअले आयोगको टोलीलाई जानकारी गराउनुभयो । मौन अवधिमा भर भ्रामक कुरा नगर्न राजनीतिक दललाई राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठकले आग्रह गर्नुभएको छ ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्ने दायित्व राज्यको भएकाले सबै क्षेत्रमा मतदाताले शान्तिपूर्ण मतदान गर्न पाउनुपर्छ । उहाँले भन्नुभयो, “गर्भवती महिला, वृद्ध, अपांगजस्ता व्यक्तिलाई सहजरुपमा मतदान गर्ने वतावरण बनाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

रवि निलम्बनविरुद्ध रास्वपा अदालत जाने तयारीमा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध