यी डिआइजी कार्कीले गुन्डालाई उठ्नै नसक्ने बनाइदिन्छु भन्दै यसरी दिए यस्तो दनक



हाम्रो इकोनोमि

२ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका गुन्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ गरेसँगै प्रहरीको मनोवल उच्च देखिएको छ।
कलंकी, बाफल र कालिमाटी क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका समिरमान अहिले प्रहरीको हिरासतमा छन्। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले समिरसँग बयान लिइसकेको छ। प्रहरीसँगको बयानमा समिरले गौचन र तिवारी हत्या आफ्नै योजनामा भएको स्वीकार गरेको व्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।

गत असोज २३ गते व्यवसायी अध्यक्ष गौचनको हत्यापछि नै समिरमानको खोजी कार्य तीब्र बनाएको डिआइजी कार्कीले बताए। डिआइजी कार्की भन्छन्, ’हामीले आफ्नो तर्फबाट खोजी गरिरहेका थियौं। केही महिनामा नै समात्न सफल भयौं।’

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदचन्द गौचन र युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको मुख्य योजनाकार ३४ वर्षीय समिरमानलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गत शनिवार लुकेर बसेको अवस्थामा चितवनबाट पक्रेको प्रहरी दावी छ।

समिरमान र मनोज पुनलाई पक्राउ गर्न तथा गौचन हत्याको छानविन गर्ने प्रहरी प्रधान कार्यालय नक्सालले पनि डिआइजी गणेश केसीको संयोजकत्वमा ५ जनाको छानविन समिति बनाएको थियो। समितिले मुख्य योजनाकारबाहेक अन्य पाँच जनालाई पक्राउ गरे पनि समिर, मनोज पुन, लोप्साङ लामा लगायत अन्य ६ जना फरार थिए।

केन्द्रीय अनुसन्धान व्यूरोले फरार रहेका मनोज पुनको खोजी तीब्र बनाएको छ। दुर्गा तिवारीको हत्यापछि भारतमा लुकेर देशभित्र अपराधिक गतिविधि गर्दै आएका पुनलाई पनि पक्राउ गर्न व्यूरो सफल हुने डिआइजी कार्कीको दावी छ। उनले भने, ‘सक्छु सबै सक्छु। एक पटक गुन्डागर्दी गर्नेहरुलाई नउठ्ने बनाइदिन्छु। संगठित गुन्डागर्दीको अन्त्य गराउँछु।’

यससँगै कार्कीले गुन्डागर्दी नियन्त्रण गर्न निपूर्ण प्रहरीको छवि समेत बनाएका छन्। गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर हुँदा कार्की महानगरीय अपराध महाशाखाको प्रमुख थिए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...