सेयर बजारमा झिनो गिरावट, सुचक १.९० अंकले घट्दा ५७ करोडको कारोबार



हाम्रो इकोनोमि

मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १.९० अंकले घटेर १५२४.८७ अंकमा झरेको छ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७१ अंकले घटेर ३२१.२६ अंकमा ओर्लिएको छ। मंगलबार १६३ कम्पनीका १० लाख ८२ हजार कित्ता शेयर ५७ करोड ७७ लाख रुपैयाँमा खरिद बिक्रि भए।मंगलबार बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भयो। १० करोड रुपैयाँको कारोबार गर्दै बुटवल पावर कम्पनी कारोबार रकमको आधारमा पहिलो भएको हो।

उपसुचक मिश्रित देखिएका छन्। १० वटा उपसूचकमा ६ उपसूचक घटेका छन् भने चार बढेका छन्। बैंक ०.२२, होटल ०.८, विकास बैंक ०.१६, जलबिद्युत ०.६६, फाइनान्स ०.१८ र अन्य ०.३३ प्रतिशतले घटेका छन्। ट्रेडिङ ०.०४, बीमा ०.३४, उत्पादन मुलक ०.१३ र लघुवित्त ०.३६ प्रतिशतले बढेका छन्।

मंगलबार सबैभन्दा बढी सिनर्जी पावरका शेयरधनीले करिब ६ प्रतिशत कमाए। रिलायन्स फाइनान्सका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...