यी युवती संगको मिलेमतोमा सेनाका जर्नेलले कृषि विकास बैंकको ४ करोड ९१ लाख यसरी दम्पच बनाए



हाम्रो इकोनोमि

कृषि विकास बैंकमा भएको घोटालामा नेपाल सेनाका बहालवाला सहायक रथी छानबिनमा तानिएका छन्। घोटलाको रकम सहायक रथी डा रमेश विष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सेनाले उनीमाथि छानबिन थालेको हो।

कृषि विकास बैंकको न्युरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो। जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआइबीले गत साता नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बैंककी सहायक टेलर दिपिका रेग्मी, अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ।

ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल विष्टको खातामा भेटिएको अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले बताए। दिपिकासँगको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो। सेनाले पनि आइतबार नै उक्त घटनासम्बन्धी कागजपत्र सिआइबीबाट झिकाएर आन्तरिक छानबिन सुरु गरिसकेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले विष्टमाथि आन्तरिक छानबिन सुरु भएको पुष्टि गरेका छन्। ‘इन्क्वारी भइरहेको छ, छानबिन पूरा भएपछि मात्र घटनामा संलग्न हो कि होइन भन्न सकिन्छ,’ उनले भने। डा विष्ट सैनिक अस्पतालमा कार्यरत छन्। उनी आँखा चिकित्सक हुन्।

सिआइबी स्रोतका अनुसार दिपिकाले गरेको बैंक ठगीबारे जर्नेल विष्ट र उनकी आमालाई पहिलदेखि नै थाहा थियो। दिपिकाका बुबा पनि सोही बैंकका पूर्व कर्मचारी हुन्।

लागूऔषध, बलात्कार तथा हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दा बाहेक अन्य फौजदारी अपराधमा बहालवाला सैनिक कर्मचारी संलग्न भएको अवस्थामा सैनिक ऐनअनुसार सेनाले नै आन्तरिक छानबिन गरी सजाय गर्ने प्रावधान छ। जसअन्तर्गथत बैंक ठगी मुद्दामा पनि सेनाले नै आन्तरिक अनुसन्धान गरी कारबाही गर्छ।

जर्नेल विष्ट र दिपिकाबीच कुनै नाता नभए पनि निकटतम सम्बन्ध थियो। सोही निकटताकै कारण घोटाला गरेको रकम दिपिकाले उनको खातामा जम्मा गरेकी थिइन्। पक्राउ परेकी दिपिकासहित अभियुक्तको बयान भइरहेको र बयानपछि थप व्यक्तिको संलग्नता खुल्ने सिआइबी निर्देशक डिआइजी पुष्कर कार्कीले बताए।

अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’ को रकम पेन्डिङमा राखेको देखाई उक्त रकम दिपिकाले आफूले राख्ने गरेकी थिइन्। करिब एक वर्षअघिदेखि उनले पटक–पटक गरेर बैंकमा घोटाला गरेको अनुसन्धानमा खुलेको छ। बैंकको आन्तरिक छानबिनमै उक्त कुरा खुलेपछि सिआइबीमा उजुरी गरिएको थियो। घोटालामा उनलाई अरुले सघाएको÷नसघाएकोबारे प्रस्ट भइसकेको छैन यो समाचार नेपाल लाइभमा नवराज मैनालीले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...