यी युवती संगको मिलेमतोमा सेनाका जर्नेलले कृषि विकास बैंकको ४ करोड ९१ लाख यसरी दम्पच बनाए



हाम्रो इकोनोमि

कृषि विकास बैंकमा भएको घोटालामा नेपाल सेनाका बहालवाला सहायक रथी छानबिनमा तानिएका छन्। घोटलाको रकम सहायक रथी डा रमेश विष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सेनाले उनीमाथि छानबिन थालेको हो।

कृषि विकास बैंकको न्युरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो। जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआइबीले गत साता नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बैंककी सहायक टेलर दिपिका रेग्मी, अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ।

ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल विष्टको खातामा भेटिएको अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले बताए। दिपिकासँगको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो। सेनाले पनि आइतबार नै उक्त घटनासम्बन्धी कागजपत्र सिआइबीबाट झिकाएर आन्तरिक छानबिन सुरु गरिसकेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले विष्टमाथि आन्तरिक छानबिन सुरु भएको पुष्टि गरेका छन्। ‘इन्क्वारी भइरहेको छ, छानबिन पूरा भएपछि मात्र घटनामा संलग्न हो कि होइन भन्न सकिन्छ,’ उनले भने। डा विष्ट सैनिक अस्पतालमा कार्यरत छन्। उनी आँखा चिकित्सक हुन्।

सिआइबी स्रोतका अनुसार दिपिकाले गरेको बैंक ठगीबारे जर्नेल विष्ट र उनकी आमालाई पहिलदेखि नै थाहा थियो। दिपिकाका बुबा पनि सोही बैंकका पूर्व कर्मचारी हुन्।

लागूऔषध, बलात्कार तथा हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दा बाहेक अन्य फौजदारी अपराधमा बहालवाला सैनिक कर्मचारी संलग्न भएको अवस्थामा सैनिक ऐनअनुसार सेनाले नै आन्तरिक छानबिन गरी सजाय गर्ने प्रावधान छ। जसअन्तर्गथत बैंक ठगी मुद्दामा पनि सेनाले नै आन्तरिक अनुसन्धान गरी कारबाही गर्छ।

जर्नेल विष्ट र दिपिकाबीच कुनै नाता नभए पनि निकटतम सम्बन्ध थियो। सोही निकटताकै कारण घोटाला गरेको रकम दिपिकाले उनको खातामा जम्मा गरेकी थिइन्। पक्राउ परेकी दिपिकासहित अभियुक्तको बयान भइरहेको र बयानपछि थप व्यक्तिको संलग्नता खुल्ने सिआइबी निर्देशक डिआइजी पुष्कर कार्कीले बताए।

अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’ को रकम पेन्डिङमा राखेको देखाई उक्त रकम दिपिकाले आफूले राख्ने गरेकी थिइन्। करिब एक वर्षअघिदेखि उनले पटक–पटक गरेर बैंकमा घोटाला गरेको अनुसन्धानमा खुलेको छ। बैंकको आन्तरिक छानबिनमै उक्त कुरा खुलेपछि सिआइबीमा उजुरी गरिएको थियो। घोटालामा उनलाई अरुले सघाएको÷नसघाएकोबारे प्रस्ट भइसकेको छैन यो समाचार नेपाल लाइभमा नवराज मैनालीले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...