यसरी हुनेछ प्रदेशसभाको गठन,कुन प्रदेशमा कति साम्सद र मन्त्री हुन्छन हेर्नुहोस तथ्यांक



अबको दुई दिनपछि नयाँ संविधानले परिकल्पना गरेको नयाँ संरचना प्रदेशसभाका सदस्यहरुको निर्वाचन सम्पन्न हुँदैछ।
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा ७४ प्रदेशसमा निर्वाचन सम्पन्न भइसकेको छ। मत गणना भने एकै चरणमा हुनेछ। मंसिर २१ गतेको निर्वाचन सम्पन्न भएको एक सातापछि नयाँ प्रतिनिधि चयन हुनेछन्।

नयाँ संविधान र त्यसको आधारमा निर्माण भएको प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐनका आधारमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी ७ प्रदेशमा कुल ५ सय ५० जना प्रदेश सभा सदस्य निर्वाचित हुँदैछन्।

प्रदेशसभा गठन सम्बन्धी संविधानको धारा १७६ को उपधारा १ खण्ड क बमोजिम सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्या प्रदेशसभामा पनि प्रत्यक्ष निर्वाचित हुने उल्लेख छ।

सोही धाराको खण्ड ख मा खण्ड क बमोजिम कायम हुन आउने सदस्य संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशत सदस्य संख्या समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।

यस प्रावधानका आधारमा कुनै पनि प्रदेशसभाको कुल सदस्य संख्या तय गर्दा प्रत्येक प्रदेशमा प्रत्यक्ष निर्वाचित कुल सदस्य संख्यालाई ३ भाग मानी बाँकी २ भाग समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने गरिन्छ।

प्रदेश नम्बर १ बाट ५६ जना सदस्य प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुनेछन्। सो प्रदेशको कुल सदस्य संख्या तय गर्दा प्रत्यक्ष निर्वाचित सदस्य संख्या ५६ लाई ६० प्रतिशत मान्नुपर्दछ। अर्थात् यो ५६ सदस्य संख्यालाई ३ ले भाग गरेर आउने भागफल १८.६६ लाई फेरि २ ले गुणा गरेपछि आउने गुणनफल ३७ नै उक्त प्रदेशसभामा समानुपातिक प्रणालीबाट निर्वाचित हुने संख्या हो। यसरी प्रदेश नम्बर १ मा ५६ जना प्रत्यक्ष निर्वाचित र ३७ जना समानुपातिक निर्वाचन प्रणालीबाट गरी जम्मा ९३ जना सदस्य रहेको प्रदेशसभा गठन हुनेछ।

उक्त प्रावधानका आधारमा तयार गरिएको प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ६० बमोजिम प्रदेशसभामा खसेको कुल सदर मतको १.५ प्रतिशत मत प्राप्त गर्ने दलहरुका लागि उनीहरुले प्राप्त गरेको मतभारका आधारमा सदस्य संख्या विभाजन गरी निर्वाचित हुने व्यवस्था छ।

२ नम्बर प्रदेशमा ६४ जना प्रत्यक्ष निर्वाचित तथा ४३ जना समानुपातिक निर्वाचन प्रणाली हुने सदस्यसहित कुल १ सय ७ सदस्यीय प्रदेशसभाको गठन हुनेछ।

प्रदेश नम्बर ३ प्रदेशसभामा ६६ सदस्य प्रत्यक्ष निर्वाचित तथा ४४ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत गरी कुल एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ।

प्रदेश नम्बर ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक प्रणालीबाट गरी जम्मा ६० सदस्यीय प्रदेशसभा हुनेछ।

प्रदेश नम्बर ५ मा ५२ सदस्य प्रत्यक्ष निर्वाचित तथा ३५ जना गरी कुल ८७ सदस्यीय प्रदेशसभा गठन हुनेछ।

प्रदेश नम्बर ६ मा २४ प्रत्यक्ष निर्वाचित र १६ समानुपातिक तर्फबाट गरी कुल ४० सदस्यीय हुनेछ। प्रदेश नम्बर ७ मा ३२ प्रत्यक्ष निर्वाचित तथा २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा गठन हुनेछ।

प्रदेश व्यवस्थापिका एक सदनात्मक हुन्छ, जसलाई प्रदेशसभा भनिनेछ।

प्रदेश कार्यपालिका नै अब प्रदेश मन्त्रिपरिषद् हो। प्रत्येक प्रदेशमा राष्ट्रपतिले एक प्रदेश प्रमुख नियुक्त गर्नेछन्। प्रदेश मन्त्रिपरिषदको गठन गर्दा प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुनेछन्। निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ। यदि प्रदेशसभामा बहुमत नभए दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन हुन्छ। प्रदेशसभाको सदस्य नभएको व्यक्ति मुख्यमन्त्रीको सिफारिसमा प्रदेशमन्त्री हुन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको