आजबाट २२ लाख मतदातालाई परिचय पत्र बाँड्दै आयोग



हाम्रो इकोनोमि

बिहीबार हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिने मतदाताले आजदेखि परिचय पत्र पाउने भएका छन्।

निर्वाचन आयोगले ४५ जिल्लाका विभिन्न स्थानमा रहेका मतदान केन्द्रबाट मंगलबार बिहानैदेखि फोटोसहित परिचय पत्र बाँडिरहेको र भोलि साँझसम्ममा बाँडेर सकिने आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए।

उनका अनुसार स्थानीय तहमाभन्दा यसपालि १५ लाख मतदाता थपिएका छन्। स्थानीय चुनावमा भोट हाल्दा कार्ड लिएकाले त्यही कार्ड देखाएर मत हाल्न पाउँछन्।

‘१५ लाख नयाँ मतदाता थपिएका छन्, ७ लाखले पुराना कार्ड नाम, ठेगाना सच्याएर नयाँ परिचय पत्र बनाएका छन्,’ ढकालले भने।

मतदाता परिचय पत्र हराएका वा नलिएकाले अन्य कागजात देखाएर मतदान गर्न पाउनेरनपाउने विषयमा बुधबार साँझ आयोगले निर्णय गर्ने उनले जानकारी दिए।

बिहीबार ४५ जिल्लामा १२८ प्रतिनिधि सभा र २५६ प्रदेश सभा सदस्यका लागि मतदान हुँदैछ। आयोगले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान समय तोकिएको छ।

यसअघि मंसिर १० गते हिमाली र पहाडी जिल्लाका ३२ जिल्लामा मतदान भइसकेको छ।

आयोगले ती जिल्लामा बिहीबार साँझ पाँच बजेपछि नै मतगणना सुरु हुने जनाएको छ। मतगणना सुरु भएको हप्ता दिनभित्र प्रत्यक्षतर्फको सबै परिणाम आइसक्ने आयोगको दाबी छ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...