रिमोट कन्ट्रोलबाट बम पड्काएर गगनको ज्यान लिन खोजेको ठहर सहित प्रहरीले बम हान्ने २२ जनालाई यसरी समात्यो



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापामाथि रिमोट कन्ट्रोल बम बिष्फोट गराइएको प्रहरीको आशंका छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ।

नेता थापा बुढानीलकण्ठको चपलीमा घरदैलो कार्यक्रममा रहेका बेला उनलाई लक्षित गरी बिस्फोट गराइएको थियो। घरदैलो कार्यक्रम सुरु गरेलगत्तै बिस्फोट गराइएकाले रिमोटमार्फत बिस्फोट गरिएको प्रहरीको आशंका छ। घटनामा संलग्न भएको आशंकामा २२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए।

रिमोट कन्ट्रोल बम नै भन्ने छ,’ एआईजी चन्दले भने, ‘हुलियाका आधारमा घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं।’ बिस्फोटमा थापासहित ११ जना घाइते भएका छन्। २ जना गम्भीर घाइते रहेको एआईजी चन्दले बताए।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...