गगनलाई हराउन मुस्कान सेना पार्टीका अध्यक्ष एमालेमा प्रवेश गरे,राजनलाई चुनाब जित्न यसरी हुने भयो सहज



हाम्रो इकोनोमि

एमाले नेता राजन भट्टराईलाई काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएरै छाडने अठोटसहित मुस्कान सेना पार्टीका अध्यक्ष मुस्कान पौडेल, बरिष्ठ कलाकार रबिन्द्र खडकासहित डेढ सय बढी युवाहरु एमाले प्रवेश गर्नुभएको छ । आज कपनमा आयोजित सभामा पौडेलले आफ्नो पार्टी बिलय गराएर एमाले प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली र उम्मेदवार राजन भट्टराईले पार्टीमा स्वागत गर्नुभयो । काठमाडौं ४ का उम्मेदवारसमेत रहनुभएका पौडेलले कांग्रेसको कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्न आफू राजन भट्टराईलाई समर्थन गर्दै एमालेमा आएको बताउनु भयो ।

‘म २४ बर्ष कांग्रेसमा बिताएको मान्छे हो, कांग्रेसले कहिल्यै पनि जनताको हित चिताउने कुरा गरेन, जहिले पनि भ्रष्टाचार र जनतालाई गरीव बनाइ राख्ने बिषयमा मात्रै कांग्रेस लागेको पाएपछि त्यो पार्टी छोडेर मुस्कान सेना पार्टी खोलेको हुँ, मेरो पार्टीमा देशभर ७ लाख बढी सदस्य छन, ती सवै आजबाट बाम गठबन्धनको उम्मेदवार जिताउने अभियानमा लागेका छन,’ पौडेलको भनाई थियो ।

कलाकार रबिन्द्र खडकाले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको बाम पक्षीइ लोकतान्त्रिक गठबन्धन मात्रै राष्ट्रवादी रहेकोले एमाले रोजेको बताउनु भयो । ‘देश बनाउने, समृद्धि दिने गठबन्धन यही हो, कांग्रेसतिर लागेर आफ्नो खुट्टामा आफै बञ्चरो नहानौं, गगन थापाको नक्कली कुरामा नफसौं,’ खडकाले भन्नुभयो । सभामा राप्रपा, कांग्रेस र अन्य बिभिन्न दलका गरी डेढ सय बढी युवाहरु राजन जिताउने घोषणा गर्दै एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...